Comments Add Comment

याक एन्ड यतिमा फेसनेवल फेसन सो (फोटोफिचर)

काठमाण्डौ दरबारमार्गस्थित होटल याक एन्ड यतिमा बिहीवार साँझ बेग्लै प्रकारको फेसन सो सम्पन्न भयो । ‘फेसनेसन २०१४’ नाम दिइएको फेसन शोमा फेसन डिजाइनर, फेसन कलेज, इन्स्टिच्युट एवं वुटिक सञ्चालक, कालीगढ, विद्यार्थी, डिजाइनरको सहभागीता रहेको थियो ।

Fevicryl hobby idea fashion (17)

फेसन शोमा भारतको पिडिलाइट इन्डस्टि्रजको लोकपि्रय ब्रान्ड फेभिक्रिल नो स्टिच फ्याबि्रक ग्लु प्रयोग गरी लेस, सिक्वेन्स, स्टोन्स् र बिड्सको संयोजन भएका पहिरन प्रदर्शन गरिएको थियो । फेसन शोमा सारी, अनारकली, कथकली, परिमार्जित बुर्का, मोन्टो, कफ्तान, घाघरा चोली, पलाजे, गाउनलगायतका विभिन्न पहिरन प्रस्तुत गरिएको थियो ।

नेपाली फेसनप्रेमीबीच ‘फेभिक्रिल नो स्टिच फ्याब्रिक ग्लु’ (त्यस्तो गम जसको मद्दतबाट फ्याबि्रकमा आफूले चाहेको प्याच वर्क, स्टोन, विड्स, सिक्वेन्स टाँस्न सकिन्छ) का बारेमा जानकारी दिन फेसन शोको आयोजना गरिएको हो ।

कार्यक्रम नमुना कलेजकी संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधर र मिस नेपाल २०१४ सुविन लिम्बुले पानसमा दीप बालेर औपचारिक सुरुवात गरेका थिए ।

Fevicryl hobby idea fashion (2)

फेसन शोको फोटो फिचरका लागि यहाँ क्लिक गर्नुस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment