Comments Add Comment

युवतीका कारण नेपाल भारतका प्रहरीबीच झगडा

१८ साउन, काठमाडौं । नेपाल-भारतका प्रहरीबीच सीमाक्षेत्रमा युवतीका कारण झगडा हुने गरेको छ । केही दिनअघि दाङको नेपाल-भारत सीमाक्षेत्र भैसाहीमा भारतीय प्रहरी र नेपाल प्रहरीबीच विवाद भयो । विवादका क्रममा भारतीय प्रहरीले उक्त नाकास्थित प्रहरी चौकीका हवल्दारलाई कुटपिट गरेको खबर बाहिर आयो ।
विवाद स्थानीय युवतीका कारण भएको थियो । स्थानीयका अनुसार भैसाही नाकाकी युवतीलाई भारतीय प्रहरीका दुई जवानले जिस्क्याएपछि स्थानीय युवा र भारतीय प्रहरी बीच भनाभन भयो । विवाद मिलाउन नेपाल प्रहरी पुग्यो ।
सीमाक्षेत्रमा यस्ता विवाद पटक पटक भइरहन्छन् । भौवा नाकाबासी श्यामबहादुर झाँक्री भारतीय प्रहरीले नेपाली चेलीबेटीलाई सधैं गिद्दे नजर लाउने गरेको बताउँछन् ।
युवतीका बारेमा बोलेकै कारणलाई भारतीय प्रहरीले ६ महिनासम्म भारत पस्नै नदिएको खबर नागरिक दैनिकमा छ ।

युवतीलाई जिस्क्याउने नेपालका घरघरमा खोज्दै जाने प्रवृत्ति भारतीय प्रहरीमा पटक पटक देखिने गरेको स्थानीय बताउँछन् । केही महिनाअघि  भौवा नाकाकी एक विवाहिता महिलालाई भारतीय प्रहरी जवानले भगाएपछि विवाद उत्पन्न भएको थियो । गाउँलेकै दबाबका कारण पछि ती महिलालाई फिर्ता ल्याइयो ।
भारत आउजाउ गर्दा अझ नेपाली चेलीले सास्ती भोग्नुपर्छ । सीमामा चेकजााच गर्ने नाममा भारतीय प्रहरीले नेपाली प्रहरीले सास्ती दिने गरेको भौवानाका निवासी श्यामबहादुर झााक्री बताउँछन् ।
भारतीय प्रहरीले नकारात्मक दृष्टि लगाउन थालेपछि नाकाबासीले गाउँले युवतिमाथि निगरानी बढाउन थालेका छन् । भारतीय प्रहरीसँग नजिकिएको वा हिाडेको देखेमा आमा समूहले कारबाही गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment