Comments Add Comment

छापामा आज : विप्लवमाथि निगरानी गर्न रोल्पामा बढाइयो सुरक्षाकर्मी

३ चैत, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा राजनीतिक विषय नै परेको छ । पत्रपत्रिकाहरुले दलभित्रको विवाददेखि मन्त्रीमण्डल हेरफेरसम्मका विषयलाई विविध शीर्षकमा उतारेका छन् ।

त्यस्तै, बेथिति र अनियमिततासँग सम्बन्धित सामग्रीलाई पनि पत्रपत्रिकाहरुले समेटेका छन् ।

विप्लवको निगरानीका लागि बढाइयो सुरक्षाकर्मी

रोल्पा तत्कालीन माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्छ । कुनै बेला यो माओवादीको आधार क्षेत्र थियो । यही रोल्पामा फेरि सुरक्षा निगरानी बढाइएको छ । कान्तिपुरका अनुसार, नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधि नियन्त्रण गर्न भन्दै रोल्पामा केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी खटाइएको छ ।

सुरक्षा निकायका अनुसार, हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले तीन तरिकाले कारबाही गर्न निर्देशन दिएको छ । घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने ।

मन्त्रीसरह राजदूत ‘लज्जास्पद’

भारत र अमेरिकामा रहेका आवासीय राजदूतलाई मन्त्रीसरह मान्यता दिने सरकारको निर्णयलाई विज्ञहरुले ‘लज्जास्पद कूटनीति’का रुपमा व्याख्या गरेको कान्तिपुरले लेखेको छ ।

कूटनीतिक प्रबन्ध तथा सेवा सुविधाबारेको अन्तर्राष्ट्रिय प्रबन्ध र मान्यताविपरीत आएको निर्णयले राजदूतको कूटनीतिक पद र गरिमामा विभाजन ल्याउने संकेत गरेको उनीहरुले बताएको समाचारमा उल्लेख छ ।

बागमतीको साढे ४ अर्ब कुम्ल्याउने प्रपञ्च

नागरिकका अनुसार भूमाफिया र शक्ति दलाल समूहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपञ्च भएको पाइएको छ ।

राजनीतिक नेतृत्व, कर्मचारी र भूमाफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको एक सय ८८ रोपनी जग्गाको मुआब्जा दिन सहरी विकास मन्त्रालयसमक्ष सिफारिस गरेको हो । यही समितिमार्फत बागमती विकास आयोजना सञ्चालित छ ।

सबै मन्त्री बदल्न प्रचण्डको सुझाव

नेपाल समाचारपत्रले मन्त्रीहरुको कामप्रति असन्तुष्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेरको तयारी गरेको लेखेको छ । मन्त्री परिवर्ततका लागि पार्टी अध्यक्षसमेत रहेका प्रचण्डसँग प्रधानमन्त्रीले छलफल गरेको र उनले सबै मन्त्री बदल्न प्रचण्डलाई सुझाव दिएको समाचारपत्रको दाबी छ ।

बालुवाटार स्रोतको हवाला दिँदै समाचारपत्रले लेखेको छ– फेरिने मन्त्री र नयाँ मन्त्रीको लिस्ट प्रधानमन्त्री ओलीले तयार गरिसकेका छन् । मन्त्री फेरिने छलफलसँगै ओली र प्रचण्ड निवासमा मन्त्रीहरुले पद जोगाउन दौडधुप सुरु भएको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment