+
+
Shares

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १२ गते २३:०४

१२ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले शुक्रबार काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको जनाएको छ ।

शेर्पामाथि टुङ्गरम इन्टरनेसनल एकेडेमी प्रालिका साझेदारले ठगी तथा अपराधिक विश्वासघात गरेको आरोपमा जाहेरी दिएको सीआईबीले जनाएको छ ।

सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) अनुपम शमशेर जबराले उक्त एकेडेमीका तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीमा शेर्पालाई पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार शेर्पा उक्त एकेडेमीको कार्यकारी प्रमुख भई एकल हस्ताक्षरबाट खाता सञ्चालन हुने जिम्मेवारी लिएका बेला विद्यालयको ८ करोड ७८ लाख ४० हजार ८०२ रुपैयाँ रकम हिनामिना गरेको आरोप छ ।

यस्तै विद्यालयको भक्तपुर दधिकोटमा रहेको २९ रोपनीभन्दा बढी जग्गा आफै सम्बद्ध कम्पनीलाई बेचेको, विद्यालयका नाममा सवारी साधन खरिद गरेर व्यक्तिगत प्रयोग गरेको लगायतका आरोपसहितको जाहेरी शेर्पा विरुद्ध रहेको प्रहरीले जनाएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?