Comments Add Comment

डिभिजन थ्रीका लागि २४ क्रिकेटरलाई बन्द प्रशिक्षणमा बोलाइयो

८ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसी डिभिजन थ्रीको तयारीका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बन्द प्रशिक्षण भदौ १२ गतेबाट सुरु हुनेछ । पारस खड्काको कप्तानीमा रहेको टोलीमा ज्ञानेन्द्र मल्ल उपकप्तान छन् ।

शरद भेसवाकर, विनोद भण्डारी, शक्ति गौचन, रामनरेश गिरी, बसन्त रेग्मी, सुवास खकुरेल, जितेन्द्र मुखिया, सागर पुन, मेहबुब आलम, सोमपाल कामी, नरेश बुढायर र आरिफ शेखलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यस्तै प्रदिप ऐरी, पुष्प थापन, भुवन कार्की, अनिल मण्डल, अभिनाश कर्ण, अमृत भट्टराई, मंजित श्रेष्ठ, महेश क्षेत्री, राहुल विक र यज्ञमान कुमाल पनि टोलीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment