Comments Add Comment

मकाउमा कराँतेबाट जिते नेपाली खेलाडीले पदक

IMG_0028९ भदाै, मकाउ। मकाउ कराते महासघंको आयोजनामा मकाउ खुल्ला राष्ट्रिय करेँ प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता आइतबार सम्मपन्न भएको हो। प्रतियोगितामा  नेपाली खेलाडीहरु पनि सहभागी भई पदक जित्न सफल भए ।

प्रतियोगितामा भिँडेका नेपाली खेलाडीहरू मध्ये विक्रम मेछेले स्वर्ण, शान्तिदेवी अधिकारीले रजत र लोकमान सिंहले कास्य पदक जित्न सफल भएका छन्।

प्रतियोगितामा सहभागी नेपाली खेलाडीलार्इ राम कार्की र कृष्ण गुरुङले प्रशिक्षण दिएका थिए । प्रतियोगितामा विजयी खेलाडीलार्इ गैरआवासीय नेपाली संघ मकाउका अध्यक्ष सुदर्शन थापा मगरले पदक प्रदान गरेका थिए ।

IMG_0029

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment