Comments Add Comment

तीजको दर खान पर्वत पुगे हमाल

rajesh-hamal
रोशन तिवारी, पर्वत
देशभर आयोजना हुने विभिन्न महोत्सवमा सहभागी हुने कुरामा नायक राजेश हमाल निक्कै अगाडि छन् । यसैक्रममा पर्वतको कुश्मामा आयोजना भएको ‘पश्चिमाञ्चल महिला महोत्सव’मा सभागी हुन यहाँ आइपुगेका नायक हमालले दर पनि खाएका छन् ।

उनी महोत्सवमा विशेष पाहुना बनेर कुश्मा पुगेका छन् । कुश्मामै उनले दर खाए र रमाइलो गरे । शनिबार यहाँ आइपुगेका नायक हमालसँग फोटो खिच्न र अटोग्राफर लिन यूवायूवतीको भिड नै लाग्यो । उनले कुश्मा-बेलवा यान्त्रिक पुलको अवलोकन पनि गरेका छन् ।

शनिबार बिहानै यान्त्रिक पुल चढेर बाग्लुङको वलेवा पुगेका उनले अबको सुटिङ पनि यहाँ नै गर्ने बताए । कुश्मा वरिपरिका धार्मिक स्थल र प्राकृतिक दृश्यहरु हेरेपछि हमालले भने-‘यहाँको माया मुटुमा नमेटिने गरि बसेको छ ।’ उनले फोटो खिचाउनका लागि यूवायूवतीहरुले तानातान गर्दा आत्तिएर भन्दै थिए -‘मेरा फ्यान त पर्वतमा नै धेरै रैछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment