Comments Add Comment

यात्रामा जन्मिएको गीतलाई सत्य-स्वरुपले प्राण भरे

satya-sworup-raj

नजर भरी प्रितको बाहुपास फैलाएर
हृदयको फूलबारीमा लाउने भए पि्रत लेख्छु
शब्द-शब्द प्राण भरी गाउने भए गीत लेख्छु

गीत कहिलेकाही यात्राकै क्रममा पनि जन्मन्छ । दाजुभाई गायकद्धय सत्य-स्वरुपराज आचार्य सांगीतिक कार्यक्रमका सिलसिलामा यूके पुग्दा एउटा गीत जन्मियो । अध्ययनका लागि यूके पुगेकी संगीता पण्डितले सुन्दर हरफहरु कोरिन् ।

सांगीतिक प्रस्तुतीका क्रममा स्कटल्यान्डको एबर्डीन पुगेका सत्य-स्वरुपले यी शब्दहरु सुनेपछि तत्काल आवाज दिएका थिए । संगीताको शब्दले मन छोएपछि संगीत तयार गरेर दुई गायकले गीतमा प्राण भरेका हुन् । सत्य-स्वरुपले पनि गीतमा भनिएजस्तै प्राण भरेको गीतकार संगीताको भनाई छ । यो गीतको भिडियो पनि चाडै छायांकन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment