Comments Add Comment

जनकबहादुरको पेटबाट निकालियाे फलामका चारवटा डण्डी !

Janak-bahadur-shahi

  • अपरेशनपछि जनकबहादुर शाहीको पेटबाट निकालिएको फलामको टुक्रा । 

२० भदौ, जुम्ला । मानिसको पेटमा घन्टाका रालो अर्थात फलामको डण्डी । त्यो पनि चार वटा । झट्ट सुन्दा पत्याउन गाह्रो छ ।

तर, जुम्ला महावैपातर खोलाका ४७ वर्षका जनकबहादुर शाहीको पेटबाट ४ वटा फलामको टुक्रा निकालिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर समेत रहेका डा. निरेश थापासहितको टोलीले अप्रेसन गरेर शाहीको पेटबाट चार वटा फलाम निकालेको छ ।

सुरुमा शाही अस्पताल भर्ना हुँदा चिकित्सकहरुले एपेन्डिसाइटिस्का अनुमान गरेको थिए । ‘६ दिन अगाडि आएको तर चार दिनदेखि पेट दुखेको भन्दै आउनु भएको थियो । हामीलाई पत्यार लागेन’ डा. थापाले टेलिफोनमा भने-‘जब एक्सेरे रिपेार्ट आयो, हामी पनि आश्चर्यमा पर्‍यौं ।’

गाउँघरमा धामीको काम गर्ने शाहीले दुई महिनाअघि जात्राका क्रममा ‘देउता चढेको’ भनेर धामी नाच्दै हिँड्ने क्रममा घण्टाको रालो निलेको बताए । आफूलाई यो मुल देवता नभई बहान चढेेको र त्यसबेला रालो नरम भएर आएकाले सजिलै निलेको उनको दावी छ ।

आफूले यसअघि पनि ३०५ घटा किला खाइसकेको शाहीको दावी छ । ‘पत्याउन निकै गाह्रो छ’ डा. थापाले भने-‘कपास खाएको त देखेको हो तर, यस्तो पहिलो पटक देख्दैछु । म पनि निकै आश्चर्यमा परेको छु ।’

उनका अनुसार फलामको रडका कारण शाहीको आन्द्र फुटेको थियो । अप्रेसनपछि चार वटा फलामको टुक्रा निकालेर आन्द्रा सिलाइएको छ ।

बिहीबार राति ९ बजेतिरबाट सुरु भएको अप्रेसन १२ बजे सकिएको थियो । ‘अहिले विरामीको अवस्था ठिकै छ’ कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर थापाले भने-‘हिडडुल गर्न थाल्नु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment