Comments Add Comment

सिक्किममा आस्थाको झुम्के बुलाकी

aasthaकाठमाडौं । आफ्ना गीत मार्फत नेपाली दर्शक एवं स्रोतासँग सुमधुर सम्बन्ध बनाएकी आस्था राउत सिक्किमेली स्रोतासँग सम्बन्ध गाँस्ने अभियानमा छिन् ।

सिक्किमको नाम्चेमा आयोजना हुने सास्कृतिक कार्यक्रममा सहभागी हुनका लागि बुधवार सिक्किम हिंडेकी आस्थाले आफ्ना आधा दर्जन भन्दा बढी  गीत गाउने बताइन् । चौबन्दिमा, झुम्के बुलाकी, तीन मोहरको धागो, सालको पात लगायतका गीत गाउनेछिन् उनले कार्यक्रममा ।

यसपालीको कार्यक्रममा स्थानिय लाईभ ब्याण्डको संगीतमा गाउने तयारीमा रहेकी आस्था सिक्किमको यात्रा उत्साहजनक हुने बताउछिन् ‘सिक्किम पहिलो पटक जाँदैछु त्यसकारण पनि मलाई रमाइलो लागेको छ । किनकी त्यहा मेरो गीत मन पराउनेहरु धेरै छन् ।’ उनले भनिन् ।

केही दिन अघि सम्पन्न हिट्स म्युजिक अवार्डमा आधार एल्बमको चौबन्दिमा.. बोलको गीतवाट बेष्ट पप भोकल पर्फमेन्स अवार्ड पाएकी आस्थाले पछिल्लो समयमा विभिन्न अवार्डमा हयाटि्रक गर्दै आएकी छिन् । सोही गीतवाटै केही प्रतिष्ठित अवार्ड पाईसकेकी छिन् । हिट्स म्युजिकमा उनको एल्बम सात विधामा मनोनयनमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment