Comments Add Comment

छोरी जन्माएको आरोपमा ३ वर्षसम्म शौचालयमा थुनिइन् महिला

women

छोरी जन्माएपछि उनलाई घरका मानिसहरुले ३ वर्षसम्म बाथरुममा थुनेर राखे । उनलाई आफ्नै छोरी समेत हेर्न दिएनन् । २५ वर्षकी ती भारतीय महिला ३ वर्षसम्म शौचालयमा थुनिएर बाहिर निस्किँदा उनका नङ निकै बढेका थिए भने लुगा समेत फाटेका थिए ।

सायद अँध्यारोमा बसिरहेको हुँदा हुनसक्छ उनले बाहिर सूर्यको प्रकाशमा आँखा खोल्न सकिरहेकी थिइनन् । आफैले जन्माएकी छोरी जसलाई उनले जन्मिएदेखि देख्न पाएकी थिइनन् उसैले आफ्नी आमालाई नचिन्दा उनको मनमा निकै पिर पर्यो र उनी भक्कानो छाडेर रोइरहिन् ।

भारतको पटनास्थित दरभंगामा यो घटना भएको हो । प्रहरीले शौचालयमा थुनिएकी ती महिलालाई अन्ततः उद्धार गर्न सफल भए । आफ्नी छोरीलाई घरका मानिसहरुले लामो समयदेखि थुनेर राखेको भनि ती युवतीका बाबुले प्रहरीमा उजुरी गरेपछि प्रहरीले धरपडक गरेको हो ।

उद्धार गरिएपछि ती महिलासँगको कुराकानीमा प्रहरीले उनलाई सन् २०१० मा बिहे भएयता दाइजो कम भएको भन्दै लोग्ने र घरका अरु मानिसले लगातार यातना दिने गरेको खुलेको छ । दाइजो कम भएको भन्दै मारपिट गरिरहेका घरका मान्छेले छोराको साटो छोरी पाएको भन्दै उनलाई थुनेर राखे ।
एक प्रहरी अधिकारीका अनुसार उनलाई बाथरुममा थुनेपछि छोरी हेर्न दिइएन र खाना पनि कहिलेकाहीँ मात्र दिइयो । ती महिलाका माइती पक्षलाई समेत भेट्न दिइएन र विभिन्न बहाना बनाएर फर्काइने गरियो । त्यसपछि माइती पक्षलाई शंका लागेर प्रहरीमा खबर गरेको बताइएको छ ।

श्रीमतीलाई ३ वर्ष बाथरुममा थुन्ने ती महिलाको नाम खुलाइएको छैन । त्यस्तो हिंश्रक हर्कत गर्ने निर्विवेकी लोग्नेको नाम भने प्रभात कुमार सिंह हो । प्रभात र उनका बाउआमालाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानपछि उनीहरु विरुद्ध मुद्धा चलाइने बताइएको छ । डेलीमेलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment