Comments Add Comment

कलाकर्मीलाई अब राष्ट्रिय परिचयपत्र, वर्गीकरणकी विशिष्टीकरण भन्नेमा विवाद

२६ भदौ, काठमाडौ । सरकारले कलाकर्मीलाई राष्ट्रिय लोगोसहितको परिचयपत्र प्रदान गर्ने तयारी सुरु गरेको छ । कलाकारलाई विशेष पहिचान दिन सूचना तथा सञ्चार मन्त्रालयले यसबारे छलफल अगाडि बढाएको हो ।

सरकारले कलाकार पहिचानका लागि सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव एवम् चलचित्र सेन्सर बोर्डका अध्यक्ष कविराज खनालको संयोजकत्वमा राजेन्द्र सलभ, भरत शाक्य र करिस्मा मानन्धर सम्मिलित कार्यसमिति गठन गर्ने अन्तिम तयारी गरेको अन्नपूर्ण पोष्टले खबर छापेको छ । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल स्वदेश फर्किनासाथ समितिले औपचारिकता पाउने स्रोतले बतायो ।

यो तयारीसँगै चलचित्रकर्मीबीच भने कलाकारको बर्गिकरण गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर जुहारी चलेको छ । एक पक्षले यो प्रक्रिया कालकार वर्गिकरणका लागि भएको ब्याख्यासहित विरोध गरेको छ भने अर्को पक्षले विशिष्टीकरण भएको भन्दै समर्थन गरेको छ ।

चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइका अनुसार यो समितिले मापदण्ड निर्धारण गरी कलाकारको अभिलेख तयारी पार्नेछ । त्यसका आधारमा राष्ट्रिय लोगो अंकित परिचयपत्र प्रदान गरिनेछ । नेपाल चलचित्र कलकार संघले भने यो प्रक्रियाको विरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment