Comments Add Comment

त्रिपल ए क्लाड युथ फुटबलको उपाधी पर्थ ड्रिमलार्इ

football1

अस्ट्रेलिया । वेस्टन अस्ट्रेलियामा भएको ऑस्ट्रलियन एसियन एसोसीएसन (त्रिपल ए) क्लाड युथ फुटबल टुर्नामेन्टको उपाधी पर्थ ड्रिम टिमले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बर्माको कारेन सकर क्लबलार्इ शुन्यका विरूद्ध २ गोल गर्दै उपाधी जित्न सफल भएको हो ।

विजयी टिमलाई अस्ट्रेलियन एसियन एसोसीएसनका प्रेसिडेन्ट रहिम घौरी र भाइस प्रेसिडेन्ट मेल फ़िअल्होले प्रमाण पत्र, मेडल र कप वितरण गरेका थिए । प्रतियोगितामा उपविजेता बनेको बर्माको कारेन सकर क्लबलाई एनआरएन आइसीसी मेम्बर भैरब ढकाल तथा प्रतियोगिताका मुख्य संयोजक र अस्ट्रेलियन एसियन एसोसीएसनका युथ कोर्डिनेटर यम केसीले प्रमाण पत्र, मेडल र कप वितरण गरेका थिए ।

football2

यस्तै तेस्रो स्थान प्राप्त गर्न सफल मोरिसिएस सकर क्लबलाई एनआरएन अस्ट्रेलियाका उपाधक्ष्य राज थपलिया र अफ्घानिस्थान क्लबका उपाधक्ष्य सोच्तत लालीले संयुक्त रुपमा प्रमाण पत्र र ट्रफी प्रदान गरे  l

प्रतियोगितामा नेपाल, चीन, बर्मा ,अफगानिस्तान ,श्रीलंका, फिजी , इथियोपिया, मोरिसिएससहित १० देशका विभिन्न समूदायका फुटबल टिमको सहभागिता रहेको थियो ।  नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेप्लिज युनाइटेड क्लब अफ वेस्टर्न अस्ट्रेलियाले उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो l अघिल्लो वर्ष उपविजेता बनेको नेपाली टोलि यसपाली भने सेमिफाइनलबाट नै प्रतियोगिताबाट बाहिरिनु परेको थियो l

नेप्लिज युनाइटेड फुटबल क्लबका क्याप्टेन दिपेन्द्र परियारले यो प्रतियोगिता नेपाली टिमको लागि अरु विश्व समुदाय माझ चिनाउने अवसर भएको र कम समयमा तयारी भएपनि राम्रो प्रदर्शन गरेको बताए ।

football4

खेलको उत्घाटन कार्यक्रममा पश्चिम अष्ट्रेलियाका प्रतिनिधि सभाका सभामुख तथा माउन्ट लोली क्षेत्रका सांसद माइकल विलियम सदरल्यान्द , खेलकुद छांया मन्त्री पिटर वाट्सन , सिटी अफ भिन्सेन्टका मेयर जोन क्यारि, नावा पर्थका अधक्ष्य डा विष्णु देवकोटा, एनआरएन आइसीसी मेम्बर भैरब ढकाल, एनआरएन अस्ट्रेलियाका उपाधक्ष्य राज थपलिया लगायतको उपस्थिति रहेको थियो l

प्रतियोगिताका संयोजक एबम ऑस्ट्रलियन एसियन एसोसीएसनका युथ कोर्डीनेटर यम केसीले सहभागी सबैलाइ धन्यवाद दिदै आउने वर्षहरुमा पनि यस्तो किसिमको प्रतियोगिता संचालन गर्ने बताए । प्रतियोगिता वार्षिक रूपमा सञ्चालन भइरहेको छ ।football3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment