Comments Add Comment

प्रशान्तको बहादुरी कि अनुको सुन्दरता ?

prasanta-anu

काठमाडौ । नेपाली मुलका इण्डियन आइडल प्रशान्त तामाङ अभिनित पछल्लो फिल्म ‘निशानी’ शुक्रवारदेखि प्रदर्शन हुने भएको छ ।
फिल्म प्रदर्शनको तिथि आए लगत्तै फिल्मको राम्रा पक्ष र कमजोरी माथि बहस सुरु भएको छ । गोर्खा सैनिकको कथामा आधारित फिल्ममा प्रशान्तले गोर्खा सैनिकको भुमिका निर्वाह गरेका छन् भने नायिका अनु गुरुङ उनको प्रेमीका बनेकी छिन् ।

प्रशान्तसहित जयनन्द लामा, सिरु विष्ट, कोपिला थापा, सुरज भट्ट, विष्णु चेम्जोङ लगायतको अभिनय रहेको छ । फिल्मको प्रिमियर शो भए लगत्तै दुईटा विषयले प्रसंसा पाएको छ फिल्मी बजारमा ।

प्रशान्तको बहादुरी विक्ला वा अनु गुरुङको सुन्दरता भन्नेमा फिल्मकर्मीहरु विच एकखालको बहस सुरु भएको छ । अनु नयाँ हुन् भने प्रशान्तले अभिनय गरेको ‘गोर्खापल्टन’ अत्याधिक सफल भएको थियो । लाहुरे र लोकगीतका सन्दर्भमा बनेका फिल्ममा प्रशान्त मन पराईदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment