Comments Add Comment

सिनेमाको स्वरुप खोज्दै निर्देशक

Naya-cinema-bahasकाठमाडौं । नेपाली सिनेमाले अझै आफ्नो शैलि स्थापना गर्न सकेन भन्ने गुनासो आईरहेको बेला अखिल नेपाल चलचित्रकर्मीसंघले नयाँ अभियान सुरु गरेको छ ।

नयाँ सिनेमा आन्दोलन अन्तर्गत चलचित्र बहसमा उत्रिएको संघले केही दिन अघि सिनेमाको भाषा कस्तो हुनुपर्छ भन्ने विषयमा बहस गरेको थियो ।’सिनेमामा प्रयोग हुने भाषाका विषयमा केही निर्देशक नै अन्यौलमा परेको अवस्था केही जानकारी होस् भनेर हामीले कार्यक्रम गरेका हौं ।’ अखिल नेपाल चलचित्रकर्मीसंघका अध्यक्ष केपी पाठकले भने ।

अहिले बनिरहेका सिनेमाले नेपाली चलचित्र उद्योगलाई धान्न नसक्ने धारणा राख्ने पाठक उद्योग जोगाउनका लागि भएपनि सिनेमामा रुपान्तरणको आवश्यकता भएको धारणा राख्छन् । संविधानमा सिनेमालाई पनि स्थान दिनुपर्छ भन्दै संविधानसभा अध्यक्षलाई भेटेका चलचित्रकर्मीहरु ग्रेडिङको भने बिरुद्धमा छन् ।

ग्रेडिङ कुनै हालतमा गर्नुहुन्न

सरकारले गर्न लागेको कलाकर्मीको ग्रेडिङ कार्य रोक्नुपर्छ भन्नेमा अखिल नेपाल चलचित्रकर्मीसंघ पनि थपिएको छ । संघले ग्रडिङ गर्नुहुन्न भनेर संस्थागत निर्णय गरिसकेको छ भने सञ्चारमन्त्रीले समय दिए लगत्तै भेटेरै ज्ञापनपत्र दिने योजनामा छ संघ ।

यसअघि नै कलाकारसंघले गे्रडिङ रोक्नुपर्छ भनेर आवाज उठाईसकेको छ । पछिल्ला केही वर्ष कलाकार स्वतन्त्र भएको धारणा राख्ने पाठक ग्रेडिङले फेरी कलाकारलाई सत्तामुखी बनाउने धारणा राख्छन् ‘ग्रेडिङले कलाकारलाई फेरी सत्तामुखी बनाउँछ त्यसकारण यसलाई रोक्नुपर्छ ।’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment