Comments Add Comment

दशैंतिहारमा यामाहाका मोटरसाइकल किन्दा १० हजार छुट, एक लाख उपहार

Yamaha Bijaya Yatra Component Jpeg

२ असोज काठमाडौं । एमएडब्लु ईन्टरप्राइजेजले दशैं तथा तिहारको अवसरमा यामाहाको मोटरसाइकल किन्ने ग्राहकलाई विषेश छुटको घोषणा गरेको छ । कम्पनीले ‘यामाहा विजययात्रा’ नामक योजना सार्वजानिक गर्दै प्रत्येक यामाहा मोटरबाइकको खरिदमा  १० हजार रुपैयाँ र स्कूटरमा ८ हजार रुपैयाँ छुट प्रदान गर्ने जनाएको छ ।

हरेक हप्ता लक्की ड्रमार्फत ४ जना भाग्यशाली विजेतालाई एक लाख, ५० हजार, २५ हजार र २५ हजार रुपैयाँ प्रदान गर्ने कम्पनीले जनाएको छ ।

भदौ २७ गतेको दोस्रो सप्ताहिक लक्की ड्रमा लमजुङकी नानीमयाँ बोहराले एक लाख रुपैयाँ, मंगलपुरका आशिष पौडेलले ५० हजार, पाल्पाको गोकुल भण्डारी र उदयपुरका मोहन भण्डारीले २५ -२५ हजार रुपैयाँ जितेको इन्टरप्राइजेजले जनाएको छ ।

   यामाहा मोटरबाइकमा २ वर्ष वा ३० हजार किलोमिटर र यामाहा स्कुटरमा २ वर्ष वा २४ हजार किलोमिटरको वारेन्टी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment