Comments Add Comment

बालुवाटारमा सांग्रिला बैंकको कर्पोरेट कार्यालय

Sangrila-Bikash-Bank-Baluwatar-Branch-3
१२ असोज काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटारमा कर्पोरेट कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उदघाटन नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले गरे ।

कर्पोरेट कार्यालय सञ्चालनका अवसरमा बैंकले लकर सुविधा प्रयोग गर्ने ग्राहकलाई ५० प्रतिशत छुट र बचत खातामा ०.५० प्रतिशत बढी व्याज दिने घोषणा गरेको छ ।

पोखरामा प्रधान कार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र नेपालगञ्जको वागेश्वरी विकास बैंक एक आपसमा गाभिएर स्तरोन्नती भई राष्ट्रियस्तरको सांग्रिला डेभलपमेन्ट बैंकको रुपमा गत असार २९ गतेदेखि नै एकीकृत कारोबार सुरु गरेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौड्यालले सही संस्थाको छनोट गरी मर्ज भयो भने संस्था सक्षम र सबल बन्ने बताए । सांग्रिला र बागेश्वरी दुबै सही संस्था भएकाले यो मर्जर अत्यन्तै सफल हुने पौडेलको दाबी छ ।

मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत बनेका पौडेल वागेश्वरीका कार्यकारी प्रमुख थिए । सांग्रिला बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत दिनेस थकाली भने मर्जपछि डेपुटी कार्यकारी प्रमुख भएका छन् ।

बैंकको चुक्ता पुँजी ६४ करोड रुपैयाँ छ भने २५ वटा शाखा छन् । त्यसैगरी १ लाख २० हजारको ग्राहक छन् ।

बैंकले पूर्वाञ्चल र पश्चिमा अञ्चलमा यो वर्ष केही शाखा विस्तार गर्ने पौडेलले बताए । ग्रामीण एवं दूरदराजमा वित्तीय सेवा पुर्‍याउन बैंक सदैव सचेत रहेको उनले बताए ।

उनले बैंकले प्राइम बैंकसँगको कन्सोल्टियममा मध्य मोदी जलविद्युत आयोजनामा लगानी सम्झौता गरिसकेको जानकारी दिए ।

गत शुक्रबार सम्पन्न बैंकको विषेश साधारणसभाले ४:१ बराबरको हकप्रद सेयर वितरण गर्ने निर्णय गरेको छ ।

सभाले सञ्चालक समितिमा सुरेन्द्रवहादुर भारीजु, अच्युतप्रसाद प्रसाइ, डा। रविन्द्रप्रसाद श्रेष्ठ, शिवलाल मल्ल, मधुसुदन शर्मा, उज्जवल सत्याल, चुडामणि ढकाल, निरनकुमार श्रेष्ठ चयन गरेको छ । निर्वाचित सञ्चालक समितिले भारिजुलाई अध्यक्षमा चयन गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले ६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले २४ करोड ८६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ भने कूल कर्जाको ०.८६ प्रतिशत खराब कर्जा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment