Comments Add Comment

प्रभू रेमिटका विजेताको नाम सार्वजानिक, लवाङले जितिन प्लेन टिकट

W01b_LawangTanmang_Malaysia२२ असोज काठमाडौं । विदेशमा रहेका अाफन्तले प्रभू रेमिटबाट असोज १७ गतेदेखि २० गतेसम्म पठाएको रेमिटान्स प्राप्त गर्ने ६ जनाले बीमा तथा लेमोन मोवाइल जितेका छन् भने रकम पठाउने एक जनाले नेपाल फर्किने  प्लेन टिकट जितेकी छन ।

महोत्तरीका रामनाथ मण्डल, धनुषका इन्द्रदेवी मण्डल, सर्लाहीका हरिकृष्ण भट्टराईले एक वर्षका लागि १ लाख १० हजार रुपैयाँ बराबरको मेडिकल बीमा जितेका छन् ।

त्यस्तै धनुषाका कुलसुम खाल्तुन, उदयपुरकी कौशिला परियार र मोरङकी गोमादेशी चोङबाङले लेमोन मोवाइलको बी २०१ सेट जितेको प्रभूले जनाएको छ ।

त्यसैगरी २० गते नै मेलेसियाबाट रेमिटान्स पठाउने लवाङ ताामाङले नेपाल आउने प्लेन टिकट जितेकी छन् । मलेसियास्थित प्रभू रेमिटका जोहोर बारु शाखा  प्रबन्धक प्रकाश चालिसेले  एक वर्ष समयावधि भएको प्लेन टिकट प्रदान गरे ।

भदौ २९ गतेदेखि लागू भएको प्रभु मनि ट्रान्सफरको दशैं-तिहार र छठ पर्व लक्षित बम्पर उपहार योजना छठ पर्वसम्म सञ्चलन हुनेछ । यो योजनामा रकम पठाउने र पाउने दुवैले उपहार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रभुबाट नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा पाउने छन् । त्यसैगरी हरेकदिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गरर्दै अएको छ ।

यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने छ ।

यो योजना अन्तर्गत बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने छ । पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज फ्रि गरिदिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment