Comments Add Comment

गोमा एयरले ल्यायो १९ सिटे नयाँ जहाज

_DSC3879२३ असोज काठमाडौं । निजी विमान कम्पनी गोमा एयरले १९ सिट क्षमता भएको ‘एलइटी४१० यूभीपी-इ २० टर्बोप्रोप’ नामक नयाँ यात्रुबाहक जहाज नेपाल भित्र्याएको छ ।
चेक गणतन्त्रमा निर्मित उक्त जहाज बिहीबार दिउसो त्रिभूवन विमानस्थलमा अबतरण भएको छ । चेकबाट असोज २० गते त्यहाँबाट उडेको थियो । गोमा एयरका क्याप्टेन आङ दोर्जी शेर्पा र निर्माता कम्पनीका क्याप्टेन भ्लादिमिर ˆलेगरले नेपालसम्म उडाएका थिए ।

नयाँ जहाजबाट केही दिनमै उडान सुरु गर्ने कम्पनीले जनाएको छ । एयरका अनुसार नागरिक उड्ययनमा केही प्रक्रिया पुर्‍याउन बाँकी रहेको छ ।

छोटा धावनमार्गमा सेवा सञ्चालन गर्न चार दशकयता नेपाली विमान कम्पनीले नयाँ जहाज ल्याएका थिएनन ।

_DSC3923

चेक गणतन्त्रमा निर्मित यस्तै जहाजले पोखरा-जोमसोम रुटमा २०७० मंसिर २२ मा र काठमाडौं-लुक्ला रुटमा २०७० मंसिर २५ मा सफल परीक्षण उडान गरेको थियो ।

यो विमान अहिले विश्वका ५० भन्दा बढी मुलुकमा सञ्चालनमा छन् । यस्ता ३ सय ५० भन्दा विमानले विश्वका आकाशमा उडान भरिरहेका छन् ।

गोमा एयरले हालसम्म सिङ्गल इन्जिनका दुईवटा सेस्ना ग्रान्ड काराभान जहाजद्वारा चार्टर्ड हवाइ सेवा सञ्चालन गरिरहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment