Comments Add Comment

मनाङ गभर्नर्स कप फुटबलको फाइनलमा

२ कात्तिक काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब ३५ औं गभर्नर्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार सिक्किम एफसीलाई अतिरिक्त समयमा ३-१ ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

पाल्जोर रंगशालामा भएको खेलमा मनाङले सुजल श्रेष्ठको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

तर, ७५ औं मिनेटमा सिक्किमले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्कायो । दुबै टोलीबाट थप गोल नभए पछि खेल ३० मिनेट लम्बियो ।

१०५ औं मिनेटमा डोडोजले गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए भने ११५ औं मिनेटमा शिव श्रेष्ठले गोल गरेपछि मनाङको जित सुनिश्चित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment