Comments Add Comment

एक हप्तामा प्रभूबाट रेमिटान्स पठाउने र पाउने १२ जना पुरस्कृत

१० कात्तिक काठमाडौं । रेमिटान्स सेवा प्रदायक कम्पनी प्रभू रेमिटले दशैं तिहारमा सञ्चालन गरेको उपहार योजनामा कात्तिक ४ गतेयता थप १२ जना पुरस्कृत भएका छन् ।

काठमाडौं निवासी सोनी राउत, बिष्णु देवी राइ, सिराहा निवासी नीम चन्द्र यादव, ललितपुर निवासी नीराष मोकताम, सिराहा निवासी नीनु मिया, गरी पाँच जनाले १ लाख १० हजार रुपैया बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा जितेको कम्पनीले जनाएको छ ।

त्यसैगरी कम्पनीका अनुसार बारा निवासी रहिमा खातुन, काठमाडाैं निवासी सृजना रोक्का, पोखरा महेन्द्रपथ निवासी देवी बि.क थापा, सिराहा जुगेश्वरी दास, सिराहा निवासी सशव कुमारी देवी यादवले लेमन मोवाइलको बी २०१ म्ाोवाइल सेट जितेका छन् ।

त्यस्तै काठमाडौं निवासी बाबुराम भट्टराईले लेमन मोवाइलको स्मार्ट फोन पी १४ जितेका छन् भने साउदी अरबबाट नेपाल पैसा पठाउने जुद्धबहादुर र्चौधरी कान्तीले एकतर्फी हवाई टिकट जितेका छन् ।

प्रभुबाट नेपालमा पैसा प्राप्त गर्ने ग्राहक मध्येबाट हरेक दिन एक जनाले १ लाख १० हजार रुपैयाँ बराबरको व्यक्तिगत दुर्घटना तथा मेडिकल बीमा पाउने छन् । त्यसैगरी हरेकदिन एक जनालाई लेमन मोवाइलको बी २०१ मोवाइल तथा हरेक हप्ता एक जनालाई लेमन पी १४ मोवाइल प्रदान गरर्दै अएको छ ।

यस्तै प्रभुमार्फत नेपाल पैसा पठाउने एक जनालाई पनि हरेक हप्ता एकतर्फी हवाई टिकट प्रदान गरिने छ ।

यो योजनाको बम्पर उपहार अन्तर्गत एक जनाले ४२ इन्चको एलइडी टेलिभिजन र डिस होम प्याकेज उपलब्ध गराइने छ। पहिल्यै डिस होम राखिसकेका परिवारलाई भने एक वर्षको रिचार्ज फ्रि गरिदिने जनाएको छ ।

गत भदौ २९ गतेदेखि सञ्चालनमा आएको यो योजना छठको भोलीपल्टसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment