Comments Add Comment

कक्षा कोठामै लाइब्रेरी

१६ कात्तिक, चितवन । कक्षा ३ मा पढ्ने शोभा सापकोटालाई ‘फोहोरभित्रको छलफल’ किताब पढ्न निकै मन लाग्छ । उनको कक्षाकोठाभित्रै अनेक किताबको चाङ छ । नवलपरासी रामनगर २ को धान्याचल माविका विद्यार्थी कक्षाकोठामै रहेको पुस्तकालयबाट रमाइला पुस्तक पढ्न पाउँदा दंग छन् ।
कक्षाकोठाभित्र र्‍याकमा मिलाएर पुस्तक राखिएको हुन्छ । यसलाई कर्नर लाइब्रेरी भन्ने गरिएको नागरिक दैनिकमा खबर छ । ‘लाइब्रेरी जाने बानी नपरेका साना नानीलाई कक्षाकोठामै पाठ्यपुस्तकबाहिरका किताब पढ्ने बानी बसाउन यसो गरिएको हो,’ विद्यालयका सहायक प्रधानाध्यापक तथा लाइब्रेरी शिक्षक रामराज श्रेष्ठले भने । कक्षा एकदेखि तीनसम्म कर्नर लाइब्रेरी राखिएको छ ।
विद्यालयमा छुट्टै पुस्तकालय पनि छ । गत वर्ष स्थापना भएको पूतकालयमा माथिल्लो कक्षाका विद्यार्थी र शिक्षक पढ्न आउँछन् । ‘पाठ्यपुस्तकबाहिरका उपयोगी किताब पढेर ज्ञान बढाउन सकुन् भन्ने उद्देश्यले पुस्तकालय स्थापना गरेका हौं,’ पुस्तकालय शिक्षक रामराज श्रेष्ठले भने । पढ्ने बानी बसाल्न पुस्तक सहयोगी भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment