Comments Add Comment

मोएज रियाल सोसिडाडको प्रशिक्षक बन्ने !

१७ कात्तिक, काठमाडौं । शनिबार मालागासँग १-० ले पराजित भएपछि प्रशिक्षक जागोबा अरसेटलाई बर्खास्त गरेको स्पेनिस क्लब रियाल सोसिडाड नयाँ कोचको खोजीमा छ  ।

इंग्लिस क्लब म्यान्चेष्टर युनाइटेडका पूर्व प्रशिक्षक डेभिड मोएजलाई सोडिडाडले प्रस्ताव गरेको डेलीमेलले जनाएको छ । इभर्टनबाट वर्ल्ड ट्रार्फडको प्रशिक्षक बनेका मोएज १० महिनामा नै बर्खास्तीमा परेका थिए ।

५१ वर्षका प्रशिक्षक मोएज अहिले कतारमा छन् र बीएन स्पोट्सका लागि काम गरिरहेका छन् ।

सोडिडाडले यस सिजन ला लिगाका १० खेल मध्ये केबल एउटामात्र खेल जितेको छ । रेलिगेसनबाट बच्न संघर्षरत सोडिडाड पुछारबाट तेसो्र स्थानमा छ । उसको ६ अंक मात्र छ  ।

अरसेटको नेतृत्वमा सोडिडाडले सेप्टेम्बर र अक्टोबरमा कुनै पनि खेलमा आफुअनुकुल नतिजा ल्याउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment