Comments Add Comment

यस्तो छ एक्काइसौँ सताब्दीको भूमिगत नर्क (फोटो फिचरसहित)

art 1
कुनैबेला रोमानियाको राजधानी बुखारेस्टलाई पूर्वको पेरिस भनेर चिनिन्थ्यो र अहिले पनि यो राजधानी सहरको बाहिरी झलक निकै सुन्दर छ । तर भव्य महल, सुन्दर सडक तथा संरचना मुन्तिर भने निकै डरलाग्दो सहर तथा सभ्यता फस्टाइरहेको छ, जसलाई एक्काइसौँ सताब्दीको जिवित भूमिगत नर्कको नामले पनि चिनिन्छ ।
बुखारेस्ट सहरमुनि एउटा दोश्रो सहर अस्तित्वमा छ, जहाँ कुनैपनि पर्यटक जाँदैनन् । यो भूमिगत सहर लागुऔषधका अम्मली तथा अपहेलित र उपेक्षित अम्मलीहरुको अधिराज्य हो ।
सहरमा रहेका भूमिगत मार्ग तथा सुरुङहरुको संजालमा कैयौँको संख्यामा यस्ता लागुऔषध प्रयोगकर्ताहरु बस्दछन् । उनीहरु सबै एचआइभी संक्रमित हुन् भने ती मध्ये एक चौथाइलाई क्षयरोग पनि लागेको छ । मृत्यु कुरिरहेका ती विचराहरुलाई जमिनमुनिको नर्कमा कुहिन छाडिएको छ र उनीहरुको हविगत निकै त्रासदीपूर्ण छ । उनीहरु सबैले लगातार लागुऔषधको प्रयोग गरिरहेका छन् र बाँकी जिवन उस्तै डरलाग्दो तरिकाले काटिरहेका छन्, जो देख्दा सबैको आङ सिरिंग हुन्छ ।

art 2
लागुऔषध अम्मलीको यो डरलाग्दो भूमिगत समुदायका राजा तथा संरक्षक हुन् ब्रुस ली । दुइ दशकअघि कम्युनिष्ट शासन पतन भएदेखि नै यो भूमिगत सुरुङमा लागु औषधका अम्मलीहरु बस्न थालेका हुन् । उतिबेला उनीहरु बालबालिका थिए र अहिले तन्नेरी भैसकेका छन् । एकजना बालक भने १७ वर्षका छन् । यहाँ छिर्न जो कोहीले ब्रुस ली को अनुमति लिनुपर्छ । ब्रुस ली ले स्विकार गरेपछि उनीहरुले यहाँ बस्न र सुविधाभोग गर्न पाउँछन् । बासिन्दाका लागि लागु औषधको जोहो ब्रुस ली ले नै गरिदिने गरेका छन् । ब्रुस ली को पहिरन निकै अचम्मको छ । जिउभरी टाटु छन् । छालाको इस्टकोट लगाएका उनको पहिरनमा रिंग तथा पदवी जस्ता धातु जडित छन् भने हात र खुट्टामा मोटा चेन ।
यो भूमिगत संसारका बासिन्दा लागु औषधको नसाले छाडेपछि मध्यान्हमा बिउँझिन्छन् र बाहिर सडकमा निस्केर घाम देख्छन् ।
सुरुङभित्र छुट्टै संस्कार छ । विजुली जडित छ भने संगीतका लागि साउन्ड सिस्टमको पनि व्यवस्था छ । सुरुङभित्र मान्छेसँगै ठूलो संख्यामा कुकुरहरु पनि छन् ।
लागुऔषध प्रयोगकर्ताको यो भूमिगत सहर एउटा परिवार जस्तै भएर बसेकेा छ र यसका आफ्नै नियम समेत तोकिएको छ । तर यी सबै संक्रमितहरु मृत्यु कुर्दै भयानक अपहेलना तथा तिरस्कारबाट गुजि्ररहेको आभाष हुन्छ ।

art 3 art 4 art 5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment