Comments Add Comment

नेपाली कांग्रेस अमेरिकाको अधिबेशनको चटारो

विजय थापा 

nc-USAभर्जिनिया । कांग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन आगामी नोभेम्बर २२ र २३ तारिखमा टेक्सासको डालस शहरमा हुने निश्चित भएपछि उम्मेदवारहरु आफ्नो दावेदारीको औचित्य पुष्टी गर्न लागि परेका छन् ।

 झन्डै एक दशक लामो समय सम्म आन्तरिक कलह, गुटगत झगडा र विवादको भुमरीमा जकडिएको जनसम्पर्क समिति अमेरिकाको भविष्यको कोर्ने टेक्सास अधिवेसनले गर्ने दाबी गरिएको छ । नेतृत्वको दाबेदारहरुले आफ्नो पक्षमा धेरैभन्दा धेरैलाई तान्ने प्रयास स्वरुप सम्भावित उम्मेदवारहरु रणभूमिमा होमिन थालेका छन् ।

 सभापतिका दाबेदारहरु आनन्द बिष्ट, अर्जुन बन्जाडे, वर्तमान संयोजक बिष्णु सुबेदी,  प्रमोद सिटौला, टेक्सासका कृष्ण लामिछाने, लस एन्जलसका नबिन पोखेरल तथा न्युयोर्कका मुनिन्द्र नेम्वाङ रहेका छन् ।

 सार्बजनिक रुपमा न्युयोर्कमा एक बिशेष कार्यक्रमको आयोजना गरेर आनन्द बिष्टले अधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवार घोषणा गरेका छन् ।

 नेपालको डोटीमा जन्मेर बिद्यार्थी कालदेखि नै कांग्रेसको राजनितीमा सक्रिय रहेका बिष्टले आफू कुनै गुट वा उपगुट भन्दा माथि उठेर जनसम्पर्क र कांग्रेसको हितका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताए । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै बिष्टले जनसम्पर्क समिति अमेरिका कांग्रेसको भातृ संगठन भए पनि अमेरिकामा बसेका सबै नेपालीहरुसंग मिलेर उनिहरुका हितका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

 लामो समय सम्म चलेको आन्तरिक झगडा, विवाद, कलहलाई कसैले सम्हालन नसकेको जनसम्पर्क समिति अमेरिकालाई बिधिबत र संस्थागत गर्न आफूले अहम् भूमिका निर्वाह गरेको दाबी गरे ।

 उपाध्यक्ष पदका लागि भर्जिनिया शाखाका निवर्तमान सभापति केशब बरालले पनि उम्मेदवारी दिने जनसम्पर्क समिति श्रोतले जनाएको छ ।  अध्यक्षको लागि अन्तिम अवस्थासम्म सर्बसम्मत जुटाइने प्रयास रहने छ नत्र चुनावी प्रक्रियाबाट नेतृत्वको चयन गर्न बाध्य हुने छौ भनि बरालले बताए । बरालको ४ बर्षे सभापतित्वमा अमेरिकामा रहेका जनसम्पर्क समितिमा निक्कै मजबुत र प्रभावशाली मानिने भर्जिनिया शाखाले सबै शाखा भन्दा अधिकतम कार्यक्रमहरु गरेको देखिएको छ ।

 जनसम्पर्क समिति भर्जिनिया शाखाका अध्यक्षा रामशरण हुमागाईले परदेशमा रहेर फुट नहुने बताए । गुट र फुटमा विश्वास नगर्ने उनले बताए । अब अधिवेसनले एउटा मार्ग चित्र निकाल्नेमा ढुक्क रहेको उनले बताए ।

 यसैगरि उपाध्यक्षमा बाल्टिमोरका नारायण थापा, चित्रा केसी र महासचिबमा सुवास घिमिरे, बिनोद भट्ट र क्यालिफोर्नियाका धनन्जय नरसिंह केसीले आ-आफ्नो दावी प्रस्तुत गरेका छन् ।

 काँग्रेस सभापति रामचन्द्र पौडेलले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने अमेरिकका एक दर्जन भन्दा बढी राज्यबाट ९०० छानिएका प्रतिनिधि मध्ये ५०० सय भन्दा अधिक प्रतिनिधि अधिबेशनमा सहभागी हुने अयोजकले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment