Comments Add Comment

वैदेशिक रोजगारीमा गएका पूर्व विद्यार्थीको पहलमा अक्षयकोष, ३ दाता सम्मानित

बिर्तामोड । झापाको शिवगञ्ज बजारमा रहेको जनआदर्श उच्च माध्यमिक विध्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी दाताहरुलाई सम्मान गरेको छ ।

वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका सोही विद्यालयमा अध्ययन गरेका भुतपूर्व विद्यार्थीहरुको पहलमा स्थापित भूपू विद्यार्थी छात्रवृत्ति पुरस्कारको अक्षयकोषमा रकम जम्मा गर्ने तीन जना दाताहरुलाई सम्मानित गरिएको हो ।

कतारमा रहेका भूपू विद्यार्थीको पहलमा स्थापित कोषमा सो समयमा अफगानिस्तानमा रहेका हाल विर्तामोडमा यातायात व्यवसाय गरिरहेका अर्जुन भट्टराई, पुरस्कार स्थापना गर्दा इजरायलमा रहेकी र हाल उपन्यासकारको परिचय बनाएकी दाता भगवती ढुंगेल र हाल युएईमा रोजगाररत, पत्रकारिता र समाजसेवामा सक्रिय, झापाली समाज युएईका परिकल्पनाकार तथा प्रवक्ता साथै भूपू विद्यार्थी छात्रवृत्ति पुरस्कारका समेत परिकल्पनाकार रामप्रसाद ढुंगेललाई सम्मान गरिएको हो ।

अभियानका अधिकांश दातालाई २०७१ सालमै सम्मान गरिए पनि वैदेशिक रोजगारी र ब्यावसायका कारण छुटन गएका महत्त्वपूर्ण तीन दाताहरुलाई सम्मान गरिएको जनाइएको छ । कार्यक्रममा कक्षा ८ का सर्वोत्कृष्ट छात्रछात्रा इन्द्र देव र सुमिता मरडि, कक्षामा ९ का मोनिका अधिकारी र आस्तिक साहलाई जनही १५ सय र प्रमाणपत्रले पुरस्कृत गरियो ।

त्यसैगरी कक्षा ११ मा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने सुजन रिजाल र उषा चापागाईंलाई पनि जनही ३५ सय र प्रमाणपत्रले भुपु विध्यार्थी छात्रवृत्ति पुरस्कार प्रदान गरियो । सोही कार्यक्रममा गत वर्ष वितरण हुन नसकेको कक्षा १२ का उत्कृष्ट २ जना र यस बर्ष उत्कृष्ट २ जना गरी जम्मा ४ जना छात्रछात्राहरु क्रमश युगेश कट्वाल, ज्योतिकुमारी हजाम, दुर्गाप्रसाद ताजपुरिया र निशा रायलाई जनही ३५ सय रुपैयाँ र प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment