Comments Add Comment

पत्नीलाई विष खुवाएर मारेको आरोपमा बैज्ञानिक फेर्रान्टे दोषी ठहर

robert-ferrante

२२ कात्तिक, काठमाडौं । पेय पदार्थमा साइनाइड दिएर पत्नीको हत्या गरेको आरोपमा अमेरिकामा एक न्यूरोसाइटिस्ट दोषी ठहरिएका छन् ।

पिट्सबर्ग विश्वविद्यालयका पूर्व शोधकर्ता रोबर्ट फेर्रान्टेमाथि पत्नी अटमन क्लेनको हत्याको आरोप लागेको थियो । पत्नीले दोस्रो बच्चाका लागि दबाव दिएपछि उनले हत्याको योजना बनाएको आरोप थियो ।

फेर्रान्टेलाई जन्मकैदको सजाय हुनसक्नेछ । अदालतमा फेर्रान्टे दोषी ठहर भएको सुनाउनसाथ क्लेनका आफन्तहरु रुन सुरु गरेका थिए । उनकी आमा लुइस्ले अदालत बाहिर भनेकी छन्-‘अलमनले न्याय पाइन् ।’

सुनियोजित हत्या आरोपमा ६६ वर्षका फेर्रान्टेलाई दोषी ठहर गर्नुअघि अदालतमा १५ घन्टासम्म बहस भएको थियो । उनले २०१३ अपि्रल १७ मा पत्नीलाई विष दिएको र तीन दिनपछि मृत्यु भएको प्रहरीको दाबी छ ।

क्लेन विरामी हुनु दुई दिनअघि मात्र उनले विश्व विद्यालयको क्रेडिट कार्डबाट २२० ग्राम साइनाइड किनेको प्रहरीले बताएको छ ।

तर, फेर्रान्टेले भने पत्नीलाई विष पिलाएको आरोप अस्वीकार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment