Comments Add Comment

हार्दिकलाई झड्का, लोकसभा चुनाव लड्न नपाउने

१५ चैत, काठमाडौं । गुजरातमा पटेल समुदायको आरक्षण माग गर्दै आन्दोलन गरेका हार्दिक पटेलले आगामी लोकसभा चुनाव लड्न नपाउने भएका छन् । उनी हालै कांग्रेस प्रवेश गरेका थिए ।

गुजरात उच्च अदालतले दंगा भड्काएको मुद्दाा हार्दिकको सजाय अन्त्य गर्न अस्वीकार गरेको छ ।

जुलाई २०१८ मा हार्दिकलाई मेहसाणाको विसननगरमा दंगा भड्एको मुद्दामा दुई वर्षको सजाय सुनाइएको थियो । २३ जुलाई २०१५ मा एक र्‍यालीका क्रममा भएको हिंसा र तत्कालीन भाजपा विधायक ऋषिकेश पटेलको कार्यालयमा भएको हमला तथा तोडफोडको मुद्दामा स्थानीय अदालतले हार्दिकलाई २ वर्षको जेल सजाय सुनायो ।

भारतीय कानूनअनुसार दुई वर्ष वा त्यसभन्दा बढी सजाय पाएका व्यक्ति चुनाव लड्न अयोग्य हुन्छन् ।

स्थानीय अदालतको फैसला निलम्बनको माग गर्दै हार्दिक उच्च अदालत गएका थिए तर, अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment