+
+
Shares

गायक उदितनारायणको परिवारद्वारा प्रधानमन्त्री कोषमा राहत रकम प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उदितनारायण झा परिवारले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख सहयोग गरेको छ।
  • झाकी श्रीमती दीपानारायण र छोरा आदित्यनारायणका तर्फबाट साधना कला केन्द्रमार्फत सहयोग रकम प्रदान गरिएको हो।
  • सहयोगको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ।

काठमाडौँ । गायक उदितनारायण झाको परिवारले भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पाँच लाख सहयोग गरेको छ ।

झाकी श्रीमती दीपानारायण तथा छोरा आदित्यनारायणका तर्फबाट साधना कला केन्द्रमार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो । सहयोगस्वरूपको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको छ ।

यही भदौ १० गते भोटेकोशी बाढी तथा पहिरोका कारण भएको धनजनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको परिवारले जनाएको छ ।

नेपाली संगीतमा समेत योगदान दिएको झा परिवार पछिल्लो समय मुम्बईमा रहेर संगीतमा क्रियाशिल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?