Comments Add Comment

उत्कृष्ट गोलको मनोनयनमा भानपर्सी र रोड्रिग्वेज

Robin-van-persie
२७  कात्तिक, काठमाडौं । फिफाको उत्कृष्ट गोल अवार्डको मनोनयनमा जाल्टन इभ्राहिमोभिचसँगै रोविन भानपर्सी र जेम्स रोड्रिग्वेज परेका छन् ।

फिफा पुस्कास अवार्डका मनोनयनमा परेका १० जनाको नाम सार्वजनिक गरेको छ । जसमा इभ्राहिमोभिच, भानपर्सी र रोड्रिग्वेजसँगै डिएगो कोष्टा, टिम काहिल लगायत छन् ।

सन् २०१३ को अवार्ड इभ्राहिमोभिचले जितेका थिए । ३३ वर्षीय जाल्टन यो वर्ष लिग वानमा बास्टिनविरुद्ध गरेको ‘ब्याकहिल फ्लिक’ गोलका लागि मनोनयनमा परेका छन् ।

Ibrahimovic's moment of magic came after he met Lucas Moura's deflected cross with a swing of his right leg

स्वीडेनका जाल्टन अघिल्लो पटक इंग्ल्याण्डविरुद्ध गरेको ओभरहेड किक गोलका लागि पुस्कास अवार्ड हात पारेका थिए ।

अष्ट्रेलियाका टीम काहिलले विश्वकपमा नेदरल्याण्डविरुद्ध गरेको भली गोल मनोनयनमा परेको छ । नेदरल्याण्डका भानपर्सीले विश्वकपमै स्पेनविरुद्ध गरेको गोल पनि प्रतिस्पर्धामा छ ।

स्पेनलाई ५–१ ले हराउने क्रममा भानपर्सीले गरेको यो हेड गोल निकै उत्कृष्ट थियो । करिव ४० यार्ड टाढाबाट आएको पासमा भानपर्सीले दुई डिफेण्डरको बीचमा दौडिएर हेड गरे । उनले स्पाइडर म्यानको शैलीमा हावामा उडेर हेड हानेका थिए ।

विश्वकपमै उरुग्वेविरुद्ध गरेको गोलका कारण कोलम्बियाका रोड्रिग्वेज पुस्कास अवार्डको अन्तिम १० प्रतिस्पर्धीमा छन् । गोल्डेन बुट विजेता रोड्रिग्वेजले छातिले बल नियन्त्रिणमा लिँदै करिव २५ यार्ड टाढाबाट गोल गरेका थिए ।

James Rodriguez's strike against Uruguay is the second of three strikes from the World Cup to make the shortlist

डिएगो कोष्टाले गत सिजन एथ्लेटिको मड्रिडबाट खेल्दा ला लिगामा गेटाफेविरुद्ध ओभरहेड किकमा गरेको गोल मनोनयनमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment