Comments Add Comment

मोबाइलमा इन्टरनेट चलाउनेको संख्या ८५ लाख !

mobile
९ मंसिर, काठमाडौं । सूचना-प्रविधि र शिक्षाको पहुँच बढेसँगै मोबाइल इन्टरनेटका ग्राहक बढेका छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार घरायसी इन्टरनेट प्रयोगकर्ताको तुलनामा झण्डै १७ गुना बढी मोबाइलमार्फत इन्टरनेट प्रयोग गर्ने ग्राहक छन् ।

९० लाख इन्टरनेट प्रयोगकर्तामध्ये ८५ लाख मोबाइलबाट र अन्य ५ लाखले डायलअप, वायरलेस मोडेम, अप्टिकल फाइबर, एडीएसएल तथा केबुल मोडेमबाट इन्टरनेट प्रयोग गर्ने गरेको कारोबारमा खबर छ ।

प्राधिकरणका अनुसार ग्राहकका आधारमा ३४ प्रतिशत नेपाली इन्टरनेट पहुँचमा छन् । प्रतिवेदन अनुसार नेपाल टेलिकमका ४९ लाख, एनसेलका ३९ लाख, इन्टरनेट सेवाप्रदायक कम्पनी(आईएसपी)का १ लाख र यूटीएलका ५६ हजार इन्टरनेट ग्राहक छन् ।

टेलिकमले सञ्चालन गरेको एडीएसएल, सीडीएमए, डायलअप तथा अप्टिकल फाइबरमध्ये जीपीआरएस प्रयोगकर्ता धेरै छन् । कम्पनीका इन्टरनेट ग्राहकमध्ये ४६ लाख मोबाइलमार्फत इन्टरनेट सेवा लिने छन् । त्यस्तै एनसेलका सबै ३९ लाख इन्टरनेट प्रयोगकर्ताले मोबाइलबाट इन्टरनेट प्रयोग गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment