१२ मंसिर, काठमाडौं । स्थानिय बजारमा बिहीबार तोलामा २ सय रुपैयाँ घटेको सुन शुक्रबार पनि २ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको भाउ ५० हजार ८ सय रुपैयाँ तोकेको छ । बिहीबार छापावाल सुन तोलाको ५१ हजार रुपैयाँमा किनबेच भएको थियो ।
तेजाबी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँ घट्दै ५० हजार ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
शुक्रबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । महासंघले शुक्रबारका लागि चाँदीको भाउ तोलाको ७ सय रुपैयाँ तोकेको छ । बिहीबार चाँदी तोलामा १० रुपैयाँ घटेर ७ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।