Comments Add Comment

बाढी पीडितलाई एनएसीको सवा ९ लाख सहयोग

NAC-sahayo-hastantaran

१९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमले बाढी पीडितहरुका लागि ९ लाख ३० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।

निगमका महाप्रबन्धक मदन खरेलले प्रधानमन्त्री उद्धार कोषबाट खर्च हुनेगरी उक्त रकम प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

सहायता रकम निगमका महाप्रबन्धकको तीन दिनको, निर्देशक र उपनिर्देशकहरुको २ दिनको र अन्य कर्मचारीहरुको १ दिन बराबरको पारिश्रमिक संकलन गरिएको हो ।

रकम हस्तान्तरणपछि प्रधानमन्त्री कोइरालाले बाढी पीडितहरु प्रति संवेदनशील भई निगमले सहयोग उपलब्ध गराएकोमा धन्यवाद प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment