Comments Add Comment

पर्यटन

List Grid
पर्यटकको तथ्यांक : वर्षमा झण्डै १२ लाख !

१३ माघ, काठमाडौं । नेपालमा एक वर्षभित्र २० लाख पर्यटक भित्र्याउने गरी ‘भ्रमण वर्ष २०२०’ मनाइँदैछ । तर, सन् २०१९ को तथ्यांक हेर्दा पर्यटक आगमनमा दर निराशाजनक देखिएको छ । यस वर्ष ८ लाख बढी पर्यटक भित्र्याउनु चुनौतीपूर्ण देखिएको छ । अध्यागमन विभागको तथ्यांक अनुसार एक वर्षको अवधिमा सन् २०१९ मा कुल ११ लाख ९७ […]

होटेल-रिसोर्टले संशोधित मापदण्ड ६ महिनाभित्र पुरा गर्नैपर्ने

१२ माघ, काठमाडौं । होटेल-रिसोर्ट तथा सबै आतिथ्य सेवा दिने सेवा प्रदायक कम्पनीले हालै संशोधन भएको नयाँ मापदण्ड ६ महिनाभित्र अनिवार्य लागू गर्नुपर्ने भएको छ । पर्यटन विभागले होटेल, रिसोर्ट, पर्यटक इन, पर्यटक लज, मोटेल तथा बेड एण्ड ब्रेकफास्ट सबै सेवा प्रदायकले ६ महिनाभित्र नयाँ नयाँ मापदण्डमा जानुपर्ने गरी सूचना जारी गरेको छ । सरकारले […]

एकै वर्ष तीनवटा एयरबस थप्दै हिमालय एयरलाइन्स

९ माघ, काठमाडौं । नेपाल-चीन संयुक्त उद्यमका रुपमा स्थापित निजी लगानीको हिमालय एयरलाइन्सले तीन एयरबस जहाज थप्ने भएको छ । अहिले तीन वटा जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको कम्पनीले सन् २०२० भित्रै तीन नयाँ जहाज भित्र्याउने भएको छ । आक्रामक बजार विस्तारमा लागेको हिमालयले फेब्रुअरीबाटै जहाजहरु काठमाडौं ल्याउन थाल्ने भएको छ । कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले […]

हिमालय एयरलाइन्सले थाल्यो चोंगकिङमा उडान

९ माघ, काठमाडौं । हिमालय एयरलाइन्सले चीनको चोंगकिङमा विहिबारबाट उडान थालेको छ । चिनियाँ नया वर्षको अवसर पारी कम्पनीले उडान सुरु गरेको हो । यो चीनमा कम्पनीको पाचौं गन्तव्य हो । विहिबार पर्यटन मन्त्री योगेश भट्टराई, नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी, हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इयोङ, पर्यटन सचीव केदारबहादुर अधिकारीले संयुक्त रुपमा उडान शुभारम्भ […]

नेपालको हवाई सुरक्षा बढाउन ईयू सेफ्टी एजेन्सीले सघाउने

९ माघ, काठमाडौं । यूरोपेली यूनियन एभिएशन सेफ्टी एजेन्सी (आएसा)ले नेपालको हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने भएको छ । हवाई सुरक्षा अभिवृद्धि गर्न प्राविधिक सहयोग प्रदान गर्ने सम्बन्धमा आएसा र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता गर्न मन्त्रीपरिषद्ले प्राधिकरणका महानिर्देशकलाई स्वीकृति दिएको छ । प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार नेपालले पहिलो पटक इयूसँग यस्तो सम्झौता गर्न […]

१० व्यस्त विमानस्थलको सरसफाईको अवस्था जाँचिने

८ माघ, काठमाडौं । नेपालका १० ठूला र व्यस्त विमानस्थलको सरसफाईको अवस्थाबारे सम्परीक्षण (अडिट) हुने भएको छ । विमानस्थलहरुमा सरसफाईको मौजुदा अवस्थाको जानकारी लिने र प्राप्त सुझावका आधारमा आगामी दिनमा प्रभावकारी काम गर्ने उद्देश्यले अडिट गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले जानकारी दिएका छन् । उनका अनुसार मन्त्रालय र गैरआवासीय […]

दामन घटनाबारे छानविन समिति गठन

८ माघ, काठमाडौं । दामनमा एक रिसोर्टभित्र ८ जना भारतीय नागरिक बेहोस भएको र काठमाडौंमा उपचारका क्रममा भएको मृत्युबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन विभाग, होटेल शाखाका निर्देशकको संयोजकत्वमा समिति गठन भएको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटक प्रहरी र होटेल संघ […]

दामनको रिसोर्टमा अचेत भेटिएका ८ जना भारतीय पर्यटकको मृत्यु

७ माघ, काठमाडौं । मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन । मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । लगत्तै अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना  भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत […]

दुई नयाँ गन्तब्य थप्दै बुद्ध एयर

७ माघ, काठमाडौं । निजी लगानीको वायसेवा कम्पनीको बुद्ध एयरले आगामी फेब्रुअरीबाट दुई गन्तब्यमा उडान विस्तार गर्न भएको छ । कम्पनीले काठमाडौंबाट राजविराज र पोखराबाट विराटनगर उडान विस्तारको तयारी गरेको हो । कम्पनीका अनुसार क्षेत्रीय उडान विस्तारका क्रममा ३ फेब्रुअरी २०२० (२० माघ) बाट बुद्धले पोखरा-विराटनगर रुटमा उडान गर्ने भएको छ । यो रुटमा साताको […]

नेपाल एयरलाइन्सको आन्तरिक उडानका टिकट मोबाइल एपमा

७ माघ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आन्तरिक उडानको टिकट बुकिङ अब नेपाल एयरलाइन्सको मोबाइल एपबाटै गर्न सकिने भएको छ । नेपाल एयरलाइन्सले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनाएर सेवा सुरु गइसकेको छ । ‘आइओएस’बाट समेत केही साताभित्रै यो सेवा सुरु हुने नेपाल एयरलाइन्सले उल्लेख गरेको छ । अहिले अनलाइन बुकिङको लागि इ-सेवा र […]

फागुन १९ बाट नेपाल एयरलाइन्स जापानको नारिता उड्दै

६ माघ, काठमाडौं । नेपाल एयरलाइन्सले  फागुन १९ गतेबाट जापानको राजधानी टोकियो नजिकैको नारिता विमानस्थलमा उडान थाल्ने भएको छ । नेपाल एयरलाइन्सले नारिताका लागि टिकट बिक्रि खुला गरिएको उल्लेख गरेको छ । नेपाल एयरलाइन्सले जापानकै अर्को शहर ओशाकामा उडान गरिरहेको छ । उक्त उडान भने अब रद्द हुने भएको छ । नारिता राजधानीबाट नजिक रहेको […]

जनकपुर उड्न लागेको बुद्धको जहाजले यतिको जहाजलाई छोयो

६ माघ, काठमाडौं । बुद्ध एयरको जहाजले सोमबार बिहान यति एयरको जहाजलाई छोएको छ । त्रिभुवन विमानस्थलमा जहाजको चापका कारण पार्किङ क्षेत्रमा पटक पटक यस्तो घटना दोहोरिन थालेको छ । बुद्ध एयरका अनुसार बिहान ८ बजे जनकपुर उड्नै लागेको जहाज ट्याक्सी-वेबाट धावनमार्गतर्फ जाँदै थियो । सोही क्रममा जहाजले पार्किङ वेमा राखिएको यति एयरलाइन्सको जहाजसँग ठोक्किएको […]

उद्धार गर्न अन्नपूर्ण पदमार्गमा पुग्दा जे देखियो…

अन्नपूर्ण आधार शिविरमा हराइरहेका गत शुक्रबारबाट ४ जना कोरियाली र ३ जना नेपालीको खोजीका लागि आज दुई वटा हेलिकोप्टरबाट हामी घटनास्थलतर्फ गएका थियौं । घटनास्थल पुगेर केही मानिसलाई त्यहाँ झारियो । उनीहरुलाई घटनास्थल नजिकै ठूलो हेलिकोप्टर बस्न मिल्ने गरी स्थान बनाउन त्यहाँ झारिएको हो । साना हेलिकोप्टर त बस्न सक्छन् । तर, रेस्क्यूका लागि ठूलो […]

श्री एयरलाइन्सले अब पोखरा पनि उडान गर्ने

६ माघ, काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अब पोखरामा पनि उडान बिस्तार गर्ने भएको छ । सोमबार कम्पनीले पोखरामा परिक्षण उडान गरेको छ । परीक्षण सफल भएको र केही दिनमै नियमित उडान थालिने कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । यो कम्पनीको ९ औं गन्तब्य हो । श्रीले सोमबारबाटै जनकपुरमा नियमित उडान थालेको […]

लुम्बिनी र पोखरामा विश्वशान्ति पूजा लगाउँदै पर्वतारोहण संघ

६ माघ, काठमाडौं । नेपाल पर्वतारोहण संघले लुम्बिनी र पोखरामा तेस्रो विश्व शान्ति पूजा लगाउने भएको छ । संघले भमण वर्ष २०२० लाई सफल बनाउने तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचार-प्रसार गर्ने उद्देश्यले विश्व शान्ति पूजा लगाउन लागिएको जनाएको छ । विश्वमा स्थायी शान्तिको कामना, नेपालमा स्थापित धार्मिक सहिष्णुतालाई प्रचार प्रसार, धार्मिक पर्यटनलाई नेपालको पर्यटन गतिविधिका […]

अझै भेटिएनन् अन्नपूर्णमा हराइरहेका ७ व्यक्ति

५ माघ, काठमाडौं । अन्नपूर्ण पदयात्रा मार्गमा हिमपहिरोमा परी हराइरहेका ७ जनाबारे आइतबारसमेत कुनै जनकारी प्राप्त हुन सकेन । अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरका अनुसार आइतबार दिनभर घटना भएको स्थानमा जाने प्रयास भएपनि सफल हुन सकेन् । ‘प्रतिकूल मौसमका कारण आज हेलिकोप्टर लैजान सकिएन,’ उनले भने, भोलि कोरियाली दूतावाससमेतको सहयोगमा हेलिकोप्टरबाट पुनः खोजी थाल्ने […]

पर्यटन बोर्ड सीईओमा तीन जनाको नाम सिफारिसवि

५ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ । बोर्डको सीईओ छनोट समितिले तीन जनाको नाम सिफारिस गरी बोर्डमा पठाउने निर्णय गरेको हो । स्रोतका अनुसार धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम समितिले बोर्ड समक्ष सिफारिस गरेको हो । बोर्डको बैठक आजै बसेर […]

अन्नपूर्ण हिमपहिरो : ३५ जना नेपाली सम्पर्कमा

५ माघ, काठमाडौं । अन्नपूर्ण पदमार्ग क्षेत्रमा आएको भारी हिमपात र हिमपहिरोका कारण अलपत्र परेका पर्यटक तथा नेपाली सहयोगीमध्ये ३५ जना नेपाली सहयोगी सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरका अनुसार ३५ जना नेपाली माछापुच्छ्रे वेसक्याम्पमा सुरक्षित अवस्थामा रहेका छन् । शनिबार ११० जना विदेशीलाई सुरक्षित रुपमा पोखरा ल्याइएको समेत उनले जानकारी […]

तारा गाउँको लाखौं बक्यौता उठेन

५ माघ, काठमाडौं । विभिन्न फर्म तथा व्यक्तिले कबुलअनुसार भाडा रकम तिर्न आनाकानी गरेपछि तारा गाउँ विकास समितिले वक्यौता असुल प्रक्रिया थालेको छ । लाखौं बक्यौता रकम उठाउन नसकेको कार्यालय आफैं भने केन्द्रीय कार्यालयका लागि डेराको खोजीमा जुटेको छ । समितिका अनुसार, न्युरोडस्थित रमागृह भवन भाडामा लिएका व्यक्ति तथा फर्मले महिनौंदेखिको करिब २७ लाख रुपैयाँ […]

थोरङ ला पास गएका थप ४ चिनियाँ पर्यटक सम्पर्कबिहीन

४ माघ, पोखरा । मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि  सम्पर्कमा नआएको मानाङ निस्याङ गाउँपालिका-९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ । उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् । अन्नपूर्ण बेसक्याप जाने क्रममा  शुक्रबार हिमपहिरोमा […]

हिमपहिरोमा हराएका पर्यटक भेटिएनन्, कोरियन दूतावासले पठायो हेलिकप्टर

४ माघ, पोखरा । अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका ५ जनाको पहिचान भए पनि उनीहरू अझै नभेटिएको प्रहरीले जनाएको छ । अत्यधिक हिँउ परेपछि विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदमार्गमा कोरियन, चाइनिज पर्यटकसँगै नेपाली गाइड तथा पोर्टल हराएको शुक्रबार सूचना आएको थियो । यीबाहेक केही नेपाली गाइड र पर्यटकसमेत हराएको अनुमान गरिएको छ । यद्यपि, यसको पुष्टि […]