Comments Add Comment

पर्यटन

List Grid
नेपाल एयरलाइन्सको आन्तरिक उडानका टिकट मोबाइल एपमा

७ माघ, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको आन्तरिक उडानको टिकट बुकिङ अब नेपाल एयरलाइन्सको मोबाइल एपबाटै गर्न सकिने भएको छ । नेपाल एयरलाइन्सले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनाएर सेवा सुरु गइसकेको छ । ‘आइओएस’बाट समेत केही साताभित्रै यो सेवा सुरु हुने नेपाल एयरलाइन्सले उल्लेख गरेको छ । अहिले अनलाइन बुकिङको लागि इ-सेवा र […]

फागुन १९ बाट नेपाल एयरलाइन्स जापानको नारिता उड्दै

६ माघ, काठमाडौं । नेपाल एयरलाइन्सले  फागुन १९ गतेबाट जापानको राजधानी टोकियो नजिकैको नारिता विमानस्थलमा उडान थाल्ने भएको छ । नेपाल एयरलाइन्सले नारिताका लागि टिकट बिक्रि खुला गरिएको उल्लेख गरेको छ । नेपाल एयरलाइन्सले जापानकै अर्को शहर ओशाकामा उडान गरिरहेको छ । उक्त उडान भने अब रद्द हुने भएको छ । नारिता राजधानीबाट नजिक रहेको […]

जनकपुर उड्न लागेको बुद्धको जहाजले यतिको जहाजलाई छोयो

६ माघ, काठमाडौं । बुद्ध एयरको जहाजले सोमबार बिहान यति एयरको जहाजलाई छोएको छ । त्रिभुवन विमानस्थलमा जहाजको चापका कारण पार्किङ क्षेत्रमा पटक पटक यस्तो घटना दोहोरिन थालेको छ । बुद्ध एयरका अनुसार बिहान ८ बजे जनकपुर उड्नै लागेको जहाज ट्याक्सी-वेबाट धावनमार्गतर्फ जाँदै थियो । सोही क्रममा जहाजले पार्किङ वेमा राखिएको यति एयरलाइन्सको जहाजसँग ठोक्किएको […]

उद्धार गर्न अन्नपूर्ण पदमार्गमा पुग्दा जे देखियो…

अन्नपूर्ण आधार शिविरमा हराइरहेका गत शुक्रबारबाट ४ जना कोरियाली र ३ जना नेपालीको खोजीका लागि आज दुई वटा हेलिकोप्टरबाट हामी घटनास्थलतर्फ गएका थियौं । घटनास्थल पुगेर केही मानिसलाई त्यहाँ झारियो । उनीहरुलाई घटनास्थल नजिकै ठूलो हेलिकोप्टर बस्न मिल्ने गरी स्थान बनाउन त्यहाँ झारिएको हो । साना हेलिकोप्टर त बस्न सक्छन् । तर, रेस्क्यूका लागि ठूलो […]

श्री एयरलाइन्सले अब पोखरा पनि उडान गर्ने

६ माघ, काठमाडौं । निजी वायुसेवा कम्पनी श्री एयरलाइन्सले अब पोखरामा पनि उडान बिस्तार गर्ने भएको छ । सोमबार कम्पनीले पोखरामा परिक्षण उडान गरेको छ । परीक्षण सफल भएको र केही दिनमै नियमित उडान थालिने कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । यो कम्पनीको ९ औं गन्तब्य हो । श्रीले सोमबारबाटै जनकपुरमा नियमित उडान थालेको […]

लुम्बिनी र पोखरामा विश्वशान्ति पूजा लगाउँदै पर्वतारोहण संघ

६ माघ, काठमाडौं । नेपाल पर्वतारोहण संघले लुम्बिनी र पोखरामा तेस्रो विश्व शान्ति पूजा लगाउने भएको छ । संघले भमण वर्ष २०२० लाई सफल बनाउने तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचार-प्रसार गर्ने उद्देश्यले विश्व शान्ति पूजा लगाउन लागिएको जनाएको छ । विश्वमा स्थायी शान्तिको कामना, नेपालमा स्थापित धार्मिक सहिष्णुतालाई प्रचार प्रसार, धार्मिक पर्यटनलाई नेपालको पर्यटन गतिविधिका […]

अझै भेटिएनन् अन्नपूर्णमा हराइरहेका ७ व्यक्ति

५ माघ, काठमाडौं । अन्नपूर्ण पदयात्रा मार्गमा हिमपहिरोमा परी हराइरहेका ७ जनाबारे आइतबारसमेत कुनै जनकारी प्राप्त हुन सकेन । अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरका अनुसार आइतबार दिनभर घटना भएको स्थानमा जाने प्रयास भएपनि सफल हुन सकेन् । ‘प्रतिकूल मौसमका कारण आज हेलिकोप्टर लैजान सकिएन,’ उनले भने, भोलि कोरियाली दूतावाससमेतको सहयोगमा हेलिकोप्टरबाट पुनः खोजी थाल्ने […]

पर्यटन बोर्ड सीईओमा तीन जनाको नाम सिफारिसवि

५ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ । बोर्डको सीईओ छनोट समितिले तीन जनाको नाम सिफारिस गरी बोर्डमा पठाउने निर्णय गरेको हो । स्रोतका अनुसार धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम समितिले बोर्ड समक्ष सिफारिस गरेको हो । बोर्डको बैठक आजै बसेर […]

अन्नपूर्ण हिमपहिरो : ३५ जना नेपाली सम्पर्कमा

५ माघ, काठमाडौं । अन्नपूर्ण पदमार्ग क्षेत्रमा आएको भारी हिमपात र हिमपहिरोका कारण अलपत्र परेका पर्यटक तथा नेपाली सहयोगीमध्ये ३५ जना नेपाली सहयोगी सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरका अनुसार ३५ जना नेपाली माछापुच्छ्रे वेसक्याम्पमा सुरक्षित अवस्थामा रहेका छन् । शनिबार ११० जना विदेशीलाई सुरक्षित रुपमा पोखरा ल्याइएको समेत उनले जानकारी […]

तारा गाउँको लाखौं बक्यौता उठेन

५ माघ, काठमाडौं । विभिन्न फर्म तथा व्यक्तिले कबुलअनुसार भाडा रकम तिर्न आनाकानी गरेपछि तारा गाउँ विकास समितिले वक्यौता असुल प्रक्रिया थालेको छ । लाखौं बक्यौता रकम उठाउन नसकेको कार्यालय आफैं भने केन्द्रीय कार्यालयका लागि डेराको खोजीमा जुटेको छ । समितिका अनुसार, न्युरोडस्थित रमागृह भवन भाडामा लिएका व्यक्ति तथा फर्मले महिनौंदेखिको करिब २७ लाख रुपैयाँ […]

थोरङ ला पास गएका थप ४ चिनियाँ पर्यटक सम्पर्कबिहीन

४ माघ, पोखरा । मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि  सम्पर्कमा नआएको मानाङ निस्याङ गाउँपालिका-९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ । उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् । अन्नपूर्ण बेसक्याप जाने क्रममा  शुक्रबार हिमपहिरोमा […]

हिमपहिरोमा हराएका पर्यटक भेटिएनन्, कोरियन दूतावासले पठायो हेलिकप्टर

४ माघ, पोखरा । अन्नपूर्ण पदमार्गबाट शुक्रबारदेखि हराएका ५ जनाको पहिचान भए पनि उनीहरू अझै नभेटिएको प्रहरीले जनाएको छ । अत्यधिक हिँउ परेपछि विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदमार्गमा कोरियन, चाइनिज पर्यटकसँगै नेपाली गाइड तथा पोर्टल हराएको शुक्रबार सूचना आएको थियो । यीबाहेक केही नेपाली गाइड र पर्यटकसमेत हराएको अनुमान गरिएको छ । यद्यपि, यसको पुष्टि […]

पशुपतिभित्रका अवैध संरचना हटाउन कोषको उर्दी

४ माघ, काठमाडौं । पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन पशुपति क्षेत्र विकास कोष कस्सिएको छ । सातदिने समयसीमा तोकेर कोष अवैध संरचना हटाउन कस्सिएको हो । पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् । कोषका अनुसार, पशुपतिभित्र […]

उपत्यका नजिकै थपिए दुई ‘प्याराग्लाइडिडङ जोन’

३ माघ, काठमाडौं । साहसिक पर्यटनको एक माध्यम प्याराग्लाइडिङका लागि काठमाडौं उपत्यका नजिकै दुई क्षेत्र थपिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ‘सूर्यचौर-शिवपुरी-नुवाकोट’ क्षेत्रमा एक प्याराग्लाइडिङ जोन थपिएको छ । प्राधिकरणका अनुसार यहाँ नेपाल प्याराग्लाइडिङ प्रालिले प्याराग्लाइडिङ उडाउने गरी अनुमति लिएको हो । यस क्षेत्रमा अधिकतम् ६ हजार ५ सय फिटसम्मको उचाईसम्म उडान गर्न […]

निजगढ विमानस्थलको लागि जुरिच एयरपोर्टसँग लगानी बोर्डले माग्यो प्रस्ताव

३ माघ, काठमाडौं । लगानी बोर्ड नेपालले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि प्रस्ताव माग गरेको छ । बोर्डले यो विमानस्थल निर्माणका लागि स्वीटजरल्यान्डको जुरिच एयरपोर्ट ईन्टरनेशनल एजीलाई सर्ट लिस्टमा राख्दै सार्वजनिक रुपमा प्रस्ताव माग गरेको हो । सार्वजनिक निजी साझेदारी मोडलमा यो परियोजना अघि बढाउन विकासकर्ता कम्पनी छनोट गर्न लागेको हो । विमानस्थको विकास र […]

बन्दीपुरमा ‘फुड फेष्ट’ हुँदै, विशेष छूट

३ माघ, काठमाडौं । रेष्टुरेन्ट एण्ड बार एसोशिएसन नेपाल (रेबान)को आयोजनामा तनहुँको बन्दिपुरमा ‘रेबान-बन्दीपुर फेष्ट २०२०’ सञ्चालन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको रेबानले उल्लेख गरेको छ । पर्यटकीय स्थल बन्दीपुरमा १७ र १८ माघमा फेस्टिवल संचालन हुनेछ । रेबान काठमाडौंसहित पोखरा र रेबान […]

वायुसेवा सञ्चालकलाई किन हटाइयो प्राधिकरणको बोर्डबाट ?

२ माघ, काठमाडौं । सरकारले नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति (बोर्ड)बाट वायुसेवा सञ्चालक हटाएको छ, युरोपियन युनियन (ईयू) को वायुसेवा सम्बद्ध कालोसूचीबाट बाहिर निस्कन प्रयासरत सरकारले लिएको यो निर्णय निकै महत्वपूर्ण छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रावधान अनुसार नियमनकारी निकायको सञ्चालक समितिमा सेवा प्रदायक संस्थाका प्रतिनिधिको प्रतिनिधित्व रहनु हुँदैन । तर, नेपालले यो […]

शरद ऋतुमा २५ हिमालमा आरोहण, ९५१ जना चुचुरोमा

१ माघ, काठमाडौं । शरद ऋतुमा ५३ हिमाल आरोहणका लागि अनुमति जारी भएको थियो । त्यसमध्ये २५ वटा हिमालमा मात्र आरोहण सम्भव भएको पर्यटन विभागले जानकारी दिएको छ । विभागको तथ्यांक अनुसार शरद ऋतुमा कूल ९ सय ५१ जनाले चुचुरो चुम्न सफल भएको छन् । त्यसमध्ये ५ सय ३५ जना आरोही हुन भने ४ सय […]

२८ माघबाट विस्ताराको नेपाल उडान तय

२९ पुस, काठमाडौं । भारतीय निजी वायुसेवा कम्पनी विस्ताराले ११ फेब्रुअरी (२८ माघ) बाट नेपाल उडान शुरु गर्ने भएको छ । कम्पनीले मंगलबार नेपाल उडानको तालिका सार्वजनिक गर्दै बुधबारदेखि दिल्ली–काठमाडौं रुटका लागि बुकिङ खुला गरेको छ । सिंगापुर एयरलाइन्स र टाटा समूहको संयुक्त लगानीमा स्थापना भएको कम्पनीका लागि काठमाडौं चौथो अन्तर्राष्ट्रिय गन्तब्य हो । विस्ताराले […]

निजगढ विमानस्थल र द्रुतमार्गका लागि बजेट अभाव हुँदैन : अर्थमन्त्री

२९ पुस, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थल, काठमाडौं–तराई द्रुतमार्ग र रेल्वे परियोजनामा बजेटको अभाव नहुने बताएका छन् । बुधबार प्रस्तावित निगजढ विमानस्थल र जनकपुर–जयनगर रेल्वे परियोजनाको स्थलगत अनुगमनमा पुगेका मन्त्री डा. खतिवडाले प्राविधिक काम सम्पन्न गर्न निर्देशन दिँदै स्रोतको व्यवस्थापन सरकारले गर्ने बताएका हुन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका पदाधिकारीलाई निर्देशन दिँदै […]

गण्डकी प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ बन्दै

२९ पुस, गलेश्वर । गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’ निर्माणको अभियान थालिएको जनाइएको छ । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण गरिने […]