
फाइल तस्वीर
१९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले नेपालको अर्थतन्त्र विकासमा पर्यटन क्षेत्र महत्त्वपूर्ण मेरुदण्ड भएको बताएका छन् ।
सोहीकारण यस क्षेत्रको विकासमा सरोकारवालाबीच सहकार्य जरुरी रहेको उनको भनाइ छ ।
८औं राष्ट्रिय टुर गाइड सम्मेलनलाई काठमाडौंमा बुधबार सम्बोधन गर्दै उनले पर्यटन विकासमा राज्य र निजी क्षेत्रको साझा संकल्प आवश्यक रहेको बताए ।
पर्यटन ऐन संशोधनका लागि विधेयक पनि प्रक्रियागत रूपमा अघि बढिसकेको जानकारी दिँदै उनले छलफलपछि पारित गरिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4