Comments Add Comment

पर्यटन

List Grid
वायुसेवा निगममा नयाँ पाइलट आउँदैनन्, आएकालाई जोगाउनै मुस्किल !

२६ भदौ, काठमाडौं । नेपाल वायु सेवा निगमले ९ फागुन २०७५ मा पाइलट र कोपाइलटका लागि दरखास्त आह्वान गर्‍यो । खासगरी आन्तरिक उडानका लागि निगमलाई २८ क्याप्टेन र २२ जना को-पाइलट चाहिएको थियो । तर, निगममा जागिर खान पाइलटहरुको उत्साह देखिएन । गत सोमबार आएको रिजल्ट अनुसार नवौं तहको सिनियर क्याप्टेनमा १३ जनाको आवेदन माग […]

टान अध्यक्षमा प्रजातान्त्रिक प्यानलका सुवेदी निर्वाचित

२१ भदौ, काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर सुवेदी विजयी भएका छन् । नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वामपन्थी समूहका अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ र थापाले ४३८ मत पाएका छन् । सुवेदी र थापाले […]

टान पर्यटन पुरस्कार कामिरितालाई, अनलाइनखबरकर्मी पुरीलाई पत्रकारिता पुरस्कार

२० भदौ, काठमाडौं । कीर्तिमानी पर्वतारोही कामिरिता शेपालाई पहिलो रविन्द्र अधिकारी टान पर्यटन पुरस्कार प्रदान गरिएको छ । टे्रकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले स्थापनाको ४१ औं वाषिर्कोत्सवको अवसर पारी शेर्पालाई उक्त पुरस्कार प्रदान गरेको हो । सगरमाथाको सर्वाधिक धेरै पटक आरोहण गर्ने कामिरिताले गत वसन्त ऋतुमा एकै सिजनमा दुई पटक सगरमाथा चुचुरो पुगेका थिए […]

सांसदको प्रश्न : पर्यटकलाई यस्तै सडक देखाउने ?

२० भदौ, काठमाडौं । सरकारले आगामी वर्ष मनाउन लागेको भ्रमण वर्ष २०२० सफल हुनेमा सांसदहरुले आशंका व्यक्त गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सडकको दुरावस्थाले समेत भ्रमण वर्ष प्रभावित बन्न सक्ने औंल्याए । यस्तो सडक देखेर जाने पर्यटकले आफ्नो देशमा नेपालबारे राम्रो सन्देश नफैलाउने चिन्ता सांसदहरुको थियो । सडक […]

यती एअरलाइन्स र तारा एयरले सेप्टेम्बरमा सगरमाथा क्षेत्रबाट ३० टन फोहर उठाउने

१९ भदौ, काठमाडौं । सगरमाथा सफाइ अभियान २०१९ अन्तर्गत यती एअरलाइन्स र तारा एयरले सेप्टेम्बरमा सगरमाथा क्षेत्रबाट ३० टन फोहर उठाउने बताएको छ । सगरमाथा प्रदुषण नियन्त्रण समिति, खुम्बु पासाङ ल्हामु गाउँपालिका, हिमालय क्लब लुक्ला, ‘रिसाइक्लिङ’ गर्ने संस्था ‘ब्लु वेस्ट टु भ्यालु’ र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) सँगको सहकार्यमा यती एअरलाइन्सले हालसम्म ४५ टन पुनःप्रयोग […]

गौतमबुद्ध विमानस्थलमा फेरि मुआब्जा विवाद, जग्गाधनीले लालपूर्जा फिर्ता लगे

१९ भदौ, बुटवल । एक वर्षयता सन्तोषजनक काम भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि मुआब्जा विवाद देखिएको छ । १४ फिट सडक क्षेत्र कायम गरेर बाँकी जग्गाको मात्र मुआब्जा दिने भनेपछि स्थानीयले लालपूर्जा फिर्ता लगेका छन् । विमानस्थलले अधिग्रहण गर्न लागेको सिद्धार्थनगर नगरपालिका ४ को कचरिहवा गाउँको तीन बिघा पाँच कट्ठा क्षेत्रफलको जग्गाका २५ घरधुरीले लालपूर्जा […]

वनमन्त्रीको प्रश्न : रारा र खप्तडमा होटल बनाउन किन नपाउने ?

१८ भदौ, काठमाडौ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले संरक्षण क्षेत्रमा पर्यापर्यटन विकास गर्न पाउनुपर्ने बताएका छन् । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र २० लाख पर्यटक ल्याउने लक्ष्य लिएका बेलामा संरक्षण क्षेत्रमा पर्यटन विकासको विकल्प नभएको बताए । बुधबार प्रतिनिधिसभामा समय लिएर बोल्दै मन्त्री बस्नेतले नेपाल भ्रमण आउने ६० प्रतिशत […]

बिहीबारको जापान उडान स्थगित गर्ने योजनामा नेपाल एयरलाइन्स

१५ भदौ, काठमाडौं । साताको तीन उडान गर्ने गरी काठमाडौं–ओशाका उडान सुरु गरेको निगमले तत्कालका लागि बिहीबारको उडान स्थगित गर्ने योजना बनाएको छ । काठमाडौंबाट जापान जाने यात्रु कम भएपछि साताको दुई उडान पर्याप्त हुने देखिएको भन्दै एक उडान स्थगित गर्ने योजना रहेको निगम स्रोतले जानकारी दिएको छ । दशैंको सिजन भएकाले जापानबाट नेपाल आउने […]

डल्ले रेष्टुरेन्टको फ्रेन्चाइजी खिचापोखरीमा

१५ भदौ, काठमाडौं । नेपालको फुड चेन डल्ले रेष्टुरेन्टको फ्रेन्चाइजी काठमाडौंको खिचापोखरीमा बिस्तार भएको छ । यसअघि काठमाडौंका विभिन्न ९ स्थानमा यस रेष्टुरेन्टले आफ्नो शाखा बिस्तार गरिसकेको छ । यो १० औं शाखा हो । नेपाली स्वादलाई मेन्यु बनाएर एउटै स्वाद र ब्रान्डमा सबै तिर विस्तार हुने लक्ष्यसहित स्थापना भएको डल्लेको खिचापोखरीको चेन आजबाट सञ्चालन […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द हुने

१४ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले अनलाइनखबरसँग भने, ‘जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएकाले सेप्टेम्बर १ देखि डिसेम्बर ३१ […]

फेयरफिल्ड मेरियटमा पाकिस्तानी फूड फेस्टिलबल

१३ भदौं, काठमाडौं । काठमाडौंको ठमेलस्थित फेयरफिल्ड ठमेलमा पाकिस्तानी फूड फेस्टिबल शुरु भएको छ । फेयरफिल्ड मेरियटमा बिहीबार (अगस्ट २९) देखि फूड फेस्टिबल शुरु भएको हो । १० दिनसम्म चल्ने फेस्टिबल उद्घाटन शत्रमा जीवन्त संगितका साथमा विशिष्ठ पाहुनाहरुले स्वादिस्ट खानाको स्वाद लिएका थिए । फेस्टीबलको उद्घाटन नेपाल–पाकिस्तान फ्रेण्डसीप एण्ड कल्चरल एशोसिएसनका प्रमुख हिमालय समसेर जबराले […]

तीनकुने-गौशाला सडकमा सेकुवा पोल्न नदिइने, पशुपतिबाट आरतीको ‘लाइभ’ हुने

९ भदौ, काठमाडौं । तीनकुने-गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् । उनले आफ्नो यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । ‘यो नेपालको प्रवेशद्वार हो, यसलाई अव्यवस्थित […]

सगरमाथा नपुग्ने १५ सम्पर्क अधिकृतसँग विभागले माग्यो स्पष्टीकरण

९ भदौ, काठमाडौं । पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथामा सम्पर्क अधिकृतमा रुपमा खटाए पनि काममा नगएका १५ जना कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । काममा खटाए पनि सम्बन्धित स्थानमा नपुग्ने कर्मचारीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मन्त्रालयले १ भदौमा विभागलाई निर्देशन दिएको थियो । विभागले खटिएको स्थानमा नपुग्ने १५ जना सम्पर्क […]

यती एअरलाइन्समा विद्युतीय भ्यानको प्रयोग सुरु

‘कार्बन न्यूट्रल’ यती एअरलाईन्सले काठमाण्डौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेको छ । अमेरिकी वातावरण संरक्षण निकाय -युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारी साधनले वाषिर्क ४.६ टनका दरमा कार्बनडाइअक्साइड ग्याँस उत्सर्जन गर्छ । विद्युतीय सवारी साधनको प्रयोगले वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा यती एयरलाइन्सले लिएको छ । यो सुरुवातले सकारात्मक […]

कैलाशले थप्यो अर्को हेलिकोप्टर, व्यवसायिक उडान सुरु

६ भदौ, काठमाडौं । कैलाश हेलिकोप्टरले ल्याएको तेस्रो हेलिकोप्टरले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको छ । हेलिकप्टर एयरबसको एएस थ्रि फाइभ जिरो- बिथ्रीईले शुक्रबारदेखि व्यवसायिक उडान सुरु गरेको प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले जानकारी दिए । पहिलो उडान कम्पनीका अध्यक्ष तथा सिनियर क्याप्टेन आशिष शेरचनले भरेका थिए । नयाँ हेलिकोप्टर ‘९ एन एएमटी’ कल साइनको हो […]

श्री एयरलाइन्सको पाँचौ जहाज काठमाडौंमा

१ भदौ, काठमाडौं । श्री एयरलाइन्सको पाँचौ जहाज काठमाडौं ओर्लिएको छ । कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार बम्बाडियर ९एन-एएनएफ जहाज आइतबार साँझ काठमाडौं आइपुगेको हो । कम्पनीसँग यसअघि ४ वटा जहाज रहेका छन् । मे २०१७ बाट आन्तरिक उडान थालेको यस कम्पनीले बम्बाडीयर सीआजे एयरक्राफ्टमार्फत सेवा दिइरहेको छ । कम्पनीले एक साथ दुई जहाज भित्राउन […]

शुक्रबारदेखि ह्यात होटलमा सीचुआँ फूड फेस्टिवल

३० साउन, काठमाडौं । काठमाडौंको ह्यात होटलमा शुक्रबारदेखि सीचुआँ फूड फेस्टिबल आयोजना हुने भएको छ । शुक्रबारदेखि शुरु हुने फेस्टिबल आगामी अगस्ट २५ सम्म सञ्चालन हुने बताइएको छ । चिनियाँ खानामा १३ वर्ष भन्दा बढी अनुभव भएका सेफ यमबहादुर क्षेत्रीले सीचुआँनी खानाको परिकारहरु बनाउनेछन् । सीचुआँन खाना विश्वमा लोकप्रीय खाना मध्येमा पर्छ । १० दिनसम्म […]

अन्तर्राष्ट्रिय लगानी नआए निजगढ विमानस्थल सरकार आफैं बनाउँछ : पर्यटनमन्त्री

२८ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ विमानस्थलमा अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैंले निर्माण गर्ने बताएका छन् । मंगलबार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथ समन्वय समितिमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकार अब पछाडि फर्कने मुडमा नरहेको बताएका हुन् । ‘यो विमानस्थल निर्माणमा जति […]

कारबाहीको त्रासले वातावरणीय प्रभाव जाँच्दै पाँचतारे होटल

२८ साउन, काठमाडौं । विगतमा वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी सञ्चालनमा रहेका ठूला तथा तारे होटलहरु धमाधम इआइए प्रक्रियामा आउन थालेका छन् । पर्यटन विभागका अनुसार अहिले अधिकांश पाँचतारे होटल वातावरणीय प्रभाव मूल्यांकनको प्रक्रियामा आइसकेका छन् । आइतबार वन तथा वातावरण मन्त्रालयले पोखरास्थित पाँचतारे होटल ‘पोखरा ग्राण्डी होटल’ र काठमाडौंस्थित होटल डेल अन्नपूर्णको इआइएमा सरोकारवालाको […]

पर्यटन बोर्डको बजेट यसै साता, मुख्य प्राथमिकतामा भ्रमण वर्ष

२७ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष ०७६/७७ को बजेट यसै साता ल्याउने तयारी गरेको छ । बोर्ड व्यवस्थापनले तयार पारेको बजेट यसै साता संचालक समितिमा प्रस्तुत हुँदैछ । यस वर्ष प्रवर्द्धनमा नयाँ नयाँ बजारसम्म पुग्ने लक्ष्य बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, ‘मुख्य प्राथमिकता भ्रमण वर्षको […]

श्री एयरलाइन्सले बनारसमा अन्तर्राष्ट्रिय उडानको परीक्षण गर्ने

२६ साउन, काठमाडौं । श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टड उडानको अनुमतिपत्रको लागि सोमबार भारतको बनारसमा ‘परीक्षण उडान’ गर्ने भएको छ । अन्तर्राष्ट्रिय उडानका लागि ६ महिनाअघि नै उसले संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयमा आवेदन दिएको थियो । सरकारले श्रीलाई नियमित अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिन बाँकी छ । त्यसैको प्रक्रियाका क्रममा श्रीले सोमबार बनारसमा परीक्षण […]