Comments Add Comment

१५ अंकले बढ्यो नेप्से, साढे १८ करोडको कारोबार

Index२५ मंसिर काठमाडौं । साताको अन्तिम दिन पुँजी बजारका लगानीकर्ता निकै उत्साहित देखिए । बिहीबार १५.१२ अंकले बढेर नेप्से परिसूचक ८७०.३ अंकमा पुगेको छ ।

योदिन सबै समूहगत सूचकहरु बढेका छन । वाणिज्य बैंक समूहको समूहगत सूचक १९ अंकले बढेको छ । यो समूहको मात्रै ८ करोड ३० लाख रुपैयाँको कारोबार भयो ।

त्यसैगरी होटलको ३४ अंकले, विकास बैंकको ४ अंकले, जलविद्युतको ४६ अंकले, फाइनान्सको १ अंकले, इन्स्योरेन्सको २७ अंकले, उत्पादनमूलकको ७ अंकले र अन्य समूहको सूचक ५ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

एक्सचेञ्जका अनुसार बिहीबार १ सय ३१ कम्पनीका ४ लाख ८९ हजार कित्ता सेयर १८ करोड ५५ लाख रुपैयाँमा किनबेच भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment