Comments Add Comment

मेरो क्रिकेट करियर नै अन्त्य हुनसक्छ : माइकल क्लार्क

Michael-Clarke

२७ मंसिर, काठमाडौं । अस्ट्रेलियाका क्रिकेट टीमका कप्तान माइकल क्लार्कले चोटका कारण आफ्नो क्रिकेट करियर नै अन्त्य हुने सम्भावना रहेको स्वीकार गरेका छन् ।

तिघ्राको मांशपेशीमा लागेको चोटका कारण उनले भारतविरुद्धको बाँकी तीन म्याच भने गुमाउने पक्का भइको छ ।

चोटका कारण उनी एडिलेड ओभलमा भएको पहिलो टेष्टको पहिलो पारीमा रिटायर्ट हर्ट भएका थिए भने अन्तिम दिन भारतको दोस्रो पारीको ४४ औं ओभरमा उनले मैदान छाड्नु परेको थियो ।

किशोर अवस्थामा नै उनको पछाडिको भागमा चोट लागेको थियो । पहिलो टेष्ट अष्ट्रेलियाले ४८ रनले जितेको छ ।

खेलपछि पत्रकार सम्मेलमा क्लार्कले भनेका छन्-अब म फेरि क्रिकेट खेल्न नसक्ने सम्भावना पनि छ । तर, आशा गरौं त्यसो नहोस जे भए पनि सत्यलाई स्वीर्कानु पर्छ ।’

क्लार्कको स्वास्थ्य परीक्षणको रिपोर्ट आइसकेको छैन । उसो त क्लार्क भारतविरुद्धको पहिलो टेष्ट खेल्नेमा शंका थियो ।

तर, फिलिप हृयूजको निधनपछि उनले मैदानमा उत्रने निर्णय गरे । उनले भनेका छन्-‘यो टेष्ट खेलेकोमा मलाई कुनै पछुतो छैन । यो टेष्ट म्याच मेरो क्रिकेट करियरकै महत्वपूर्ण थियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment