Comments Add Comment

लिभरपुलविरुद्ध युनाइटेडको सहज जित

Man united

२८ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई पराजित गरेको छ । लगातार छैटौं जित हात पार्ने क्रममा युनाइटेडले लिभरपुललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

वर्ल्ड ट्राफडमा भएको खेलमा घरेलु टोलीले १२ औं मिनेटमा वायन रुनीको गोलबाट अग्रता लिएको थियो । त्यसको २५ सेकेण्ड अगाडि मात्र लिभरपुलका स्टर्लिङ वान भर्सेज वानमा गोल गर्न चुकेका थिए । उनको प्रहार युनाइटेडका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।

खेलको ४० औं मिनेटमा माटाले युनाइटेडको अग्रता दोब्बर पारे । रोविन भानपर्सीको हेड बललाई उनले क्लोज रेन्जबाट गोल गरेका थिए । माटा अफसाइड रहेपनि रेफ्रीले उनको गोललार्इ अफसाइड दिएनन् ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका मारियो बाटोलेलीले ६७ औं मिनेटमा गरेको प्रहार युनाइटेडका गोलकिपरले उत्कृष्ट बचाउ गरे ।खेलको ७१ औं मिनेटमा माटाको पासमा भानपर्सीले गोल गरेपछि युनाइटेडले ३० को जित पक्का गर्यो ।

जितपछि म्यानचेष्टर युनाइटेड ३१ अंकका साथ तेस्रो स्थानमा छ र उनले लिग लिडर चेल्सीसँगको अंक दुरी ८ मा झारेको छ ।

चेल्सी ३९ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३६ अंक छ । लिभरपुल भने २१ अंकका साथ नवौं स्थानमा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment