Comments Add Comment

सोमबार नेप्से ९१६ अंकमाथि, ३७ करोडको सेयर किनबेच

२९ मंसिर, काठमाडौं । साताको पहिलो दिन आइतबार ३९.३८ अंकले उकालो लागेको शेयर बजारले सोमबार पनि निरन्तरता दिएको छ । सोमबार शेयर बजार ६.४७ अंकले बढेको हो ।

Nepseयसरी बढ्ने क्रममा नेप्से परिसूचक सोमबार ९१६.७४ अंकमा पुगेको छ । यस खासगरी बैंक, हाइड्रोपावर र इन्स्यूरेन्स कम्पनीको शेयरमा सुधार आएपछि नेप्से उछालिएको हो ।

नेपाल स्टक एक्स्चेञ्चमा कारोबार गर्ने विभिन्न ९ समूहमध्ये ७ समूहको कारोबार बढेको छ । टे्रेडिङ र विकास बैंक समूहको परिसूचक भने क्रमशः ३.२१ र ०.१७ अंकले घटेको हो ।

सोमबार बैंकिङ समूहको सूचक ६.७९ अंकले बढेको छ भने होटल समूहको ६.८८ अंक, हाइड्रोपावर समूहको १२.०४ अंक, फाइनान्स समूहको ४.०९ अंक, इन्स्योरेन्स समूहको ४९.०३ अंक, निर्माण तथा उत्पादनमूलक समूहको ५.५९ र अन्य समूहको ३.५२ अंकले बढेको छ ।

सोमबार स्टकमा ३५ करोड ७२ लाख ३३ हजार रुपैयाँ बराबरको ८ लाख ८३ हजार ४७ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment