Comments Add Comment

एक्सनमा जम्न आर्यनलाई ‘अलबिदा’कै भर

aaryana-and-hasan
नायक आर्यन सिग्देललाई आशा थियो, चलचित्र ‘नाईके’ले राम्रो व्यापार गर्छ र आफ्नो एक्सन पाटोमा जम्ने सपना पुरा हुन्छ । तर, उनले सोचे जस्तो भएन । चकलेटी अनुहारमा एक्सन गर्दा उनलाई दर्शकले पत्याएनन् र ‘नाईके’ चलेन ।

यो चलचित्र नचलेपछि आर्यन सुरुवातमा नै झस्किएका छन् । दर्शकले फरक भूमिकाको खोजी गरेपछि आर्यन लभस्टोरीबाट एक्सनमा पुगेका थिए । तर, पहिलो एक्सनप्रधान चलचित्रले नै बक्स अफिसमा खासै चमत्कार नगरेपछि उनी पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको ‘अलबिदा’को भरमा छन् ।

हसनराज खानको निर्माणमा तयार भएको यो चलचित्रमा आर्यन प्रहरीको भूमिकामा छन् । जहाँ उनले एक्सनलाई नै प्राथमिकता दिएका छन् । हसनराज खान र अनिता आचार्यको समेत भूमिका रहेको यो चलचित्रमा मुस्लिम र हिन्दु धर्म मान्ने यूवायूवतीको प्रेमलाई देखाइएको छ ।

आर्यनको ‘अलबिदा’पछि ‘आवेग’ नामक अर्को एक्सन चलचित्र पनि प्रदर्शनमा आउँदैछ । तर, यो चलचित्रको व्यापारले उनको एक्सनमा जम्ने सपनालाई भने धेरै हदसम्म अगाडि बढाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment