Comments Add Comment

खेलकुदमन्त्रीले राजनीतिक संक्रिणता देखाए : राखेप सदस्य सचिव

११ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव युवराज लामाले खेदकुदमन्त्रीमाथि चरम राजनीतिक संक्रिणता देखाएको आरोप लगाएका छन् ।

yubraj-lamaसाथै ‘राखेप कागज मिलाएर खाने ठाऊँ हो, त्यो संस्था भ्रष्टाचारमा डुवेको छ’ भन्ने खेलकुदमन्त्री पुरुषोतम पौडेलको अभिव्यक्तिको खण्डन गरेका छन् ।

राखेपका कार्यकारी प्रमुख र सम्पूर्ण कर्मचारीलाई भ्रष्ट भएको आरोप लगाउनुको रहस्य राखेपले बुझ्न नसकेको भन्दै विज्ञप्तिमा भनिएको छ-‘आफैं अध्यक्ष रहेको संस्थाको आफैं अर्नगल प्रचार गरेर हिड्नु चरम राजनीतिक संक्रिणताका साथै नैतिक जिम्मेवारविहीनताको उपज सिवाय केही मान्न सकिन्न ।’

राखेप रंगशाला, कभर्डहल लगायतका भौतिक पूर्वाधार निर्माणमा केन्द्रीत रहेको भन्दै लामाले खेलकुदको इतिहासमा यति छोटो अवधिमा यतिधेरै भौतिक निर्माण कार्य यसअघि नभएको दावी समेत गरेका छन् ।

राखेप सदस्य सचिव लामाले राखेपका अध्यक्ष समेत रहेका मन्त्रीलाई कानुनको मर्यादामा रही संस्थाको हितमा मात्र अभिब्यक्ति दिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment