Comments Add Comment

उत्तर कोरियाली शासकले आखिभौँ उखेलेपछि…..

kim-jong
उत्तर कोरियाली नेता किम जोंग उनको आखिभौँले अहिले तहल्का मच्चाइरहेको छ । नयाँ वर्ष सन् २०१५ को उपलक्ष्यमा गरेको सम्बोधनका क्रममा उन लगभग पूरै आखिभौँ खौरिएको भेषमा प्रस्तुत भएपछि पश्चिमा मिडियाहरुले मसला पाए । सोसल मिडिया प्रयोगकर्ताहरुले किमको आखिभौँ असाधारण रुपमा खौरिएको र निकै थोरै मात्र आखिभौँ राखिएको विषयलाई निकै रोचक पारामा प्रस्तुत गरेका छन् ।
यसअघिका सार्वजनिक समारोहमा चुस्त तथा लामो आखिभौँमा देखिने किम यो पाला भने निकै सानो आखिभौँमा प्रस्तुत भए । श्रृंगारका क्रममा सायद उनको आखिभौँ बढि उखेलिएछ क्यारे । सन् १९९० मा किशोरीहरुमा चलेको निकै धेरै आखिभौँ थुत्ने फेसनलाई उनले अहिले लागु गरेको कतिपयले टिप्पणी गरेका छन् ।
कतिपयले भने किमको आखिभौँ समेत ह्याक भएको र लोप हुन लागेको भन्दै खिसीट्युरी गरेका छन् ।
बेलायती अनलाइन मेट्रो डट को अ्डट युकेका अनुसार यस्तो आखिभौँ हुनु किमका लागि दुखद खबर हो । किनकी अब त्यसरी उखेलिएका आखिभौँ पूरै पलाउन झण्डै ३ महिना लाग्नेछ । तर केही औषधि प्रयोग गरेमा भने उनको आखिभौँ छिटै पलाउने सल्लाह समेत उक्त अनलाइनले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment