Comments Add Comment

तीन अर्ब खराब ऋण उठाउन बाणिज्य बैंकको छुटैछुट

Rastriya Banijya Bank२२ पुस, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ खराब कर्जा उठाउन आकर्षक छुट योजना ल्याएको छ । असूल हुन नसकेका कर्जा उठाउन बैंकले हालैमात्र नयाँ कर्जा असूली कार्यविधि लागू गरेको प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए ।

कार्यविधि अनुसार ५० हजार रुपैयाँसम्म सावाँ मात्र बुझाए बाँकी सबै व्याज मिनाहा गर्ने बैंकले जनाएको छ । त्यसैगरी, ५० हजारदेखि १ लाख रुपैयाँसम्म ऋण हुनेले सावाँ र १० प्रतिशत व्याज बुझाए बाँकी सबै मिनाहा गरिएको छ ।

त्यस्तै, एक करोड रुपैयाँसम्मको ऋण लिएका ऋणीले सावाँ र सो बराबरकाे व्याज बुझाए बाँकी रहेको सबै रकम मिनाहा गर्ने शर्माले बताए । बैंकका जुनसुकै शाखाबाट ऋणीले यो सुविधा पाउने उनले जानकारी दिए ।

एक करोड रुपैयाँभन्दा माथिका सबै कर्जा फर्छ्योट गर्न सञ्चालक समितिस्तरीय कर्जा असूली समिति गठन गरिएको शर्माले बताए । उक्त समितिले ठूला ऋणीसँग सम्पर्क गरी पुरानो कर्जा फर्छ्योट गर्ने रणनीति बनाएको छ ।
२०७१ असार मसान्तसम्ममा भाखा नाघेको मध्ये पुरानो ३ अर्ब रुपैयाँ कर्जा असूल गर्ने बैंकको शर्माले बताए । हाल बैंकको कूल कर्जाप्रवाह मध्ये ४ प्रतिशत रकम कर्जा भाखा नाघेको छ ।
हाल बैंकले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष बैंकले १ अर्ब ७५ अर्ब रुपैयाँ नाफा कमाएको थियो । बैंकले १ सय ५८ शाखा, २८ शाखारहित बैंकिङ र ८० वटा एटीएममार्फत २० लाखभन्दा बढीलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment