Comments Add Comment

गोरखा दरबार र नुवाकोट दरबार संघ अन्तर्गत राख्ने निर्णय

Photo Credit : गोरखा संग्रहालय

७ चैत, काठमाडौं । सरकारले गोरखा दरबार र नुवाकोट दरबार हेरचाह कार्यालय तथा संग्रहालयलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले दुबै संग्रहालयसहित मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरिएको जानकारी दिए ।

यसअघि यी निकायलाई स्थानीय तह अन्तर्गत राखिएको थियो ।

मन्त्री बास्कोटाकाअनुसार पाल्पा दरबार संग्रहालयलाई प्रदेश नं ५ अन्तर्गत र शहीद स्मारक प्रकृति प्रतिष्ठान, थानकोटलाई प्रदेश नं ३ अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।

यसैगरी, सरकारले नेपाल–भारत व्यापार र पारवाहन सम्बन्धी पत्र आदानप्रदान लगायतका विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको छ ।

उक्त टोलीले आफ्नो काम सुरु गरिसकेको प्रवक्ता बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment