
२५ वैशाख, काठमाडौं । पछिल्लो समय प्रतिनिधि सभाको प्रत्यक्ष प्रसारणमा हरेक दिन समस्या आइराखेको छ ।
संसद् सचिवालयका अधिकारीहरू प्रावधिक कारणले समस्या आएको बताउँछन् । तर, हरेक दिन समस्या हुँदा समेत समाधान हुन सकेको छैन ।
शुक्रबार सुरुमा ५ मिनेसम्म सांसदहरूको आवाज नै सुनिएन । त्यसबेलासम्म सभामुखले बैठक सुरु गर्ने, केही सांसदले आकस्म्कि समय माग्ने र बोल्ने काम समेत भएको थियो । दुई जना संसदले बोलेको विषय लाइभमा सुनिएन ।
त्यसपछि आवाज आएको थियो । केहीबेरपछि प्रसारण नै बन्द भएको छ ।
यसअघि बिहीबार, बुधबार, मंगलबारका बैठकको प्रत्यक्ष प्रसारणमा समेत समस्या आएका थिए । सांसद बोल्दा बोल्दै आवाज बन्द हुने जस्ता समस्या पछिल्लो समय नियमित जसो देखिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4