+
+
Shares
आज संघीय संसद् बैठक :

प्रतिनिधि सभाबाट अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ । शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते ६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक २२ चैत काठमाडौंमा बस्नेछ।
  • प्रतिनिधिसभाको बैठकबाट रास्वपा उपसभापति डोलप्रसाद अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ ।
  • राष्ट्रिय सभाको बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्य मनोनयन गर्ने र प्रधानमन्त्रीले महिला आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको छ।

२२ चैत, काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्न लागेको हो ।

सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्ने प्रतिनिधिसभाको बैठकबाट सभामुख पदमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा हुने छ ।

शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?