Comments Add Comment

वामपन्थी वकिल भन्छन्- बार बदनाम भयो !

७ चैत, काठमाडौं । वामपन्थी वकिलहरुले नेपाल बार एशोसियसनको शाख गिरेको भन्दै न्यायिक सर्वोच्चता र शक्तिशाली बारका लागि यसपटक आफ्नो नेतृत्व दावी गरेका छन् । विहीबार काठमाडौंमा नेपाल लयर्स एशोसियसनले आयोजना गरेको पत्रकार सम्मेलनमा चण्डेश्वर श्रेष्ठ नेतृत्वको प्यानल घोषणा समेत गरियो ।

नेपाल बार एशोसियनको आगामी चैत १६ गते हुने निर्वाचनमा बामपन्थी वकिलहरुले प्रगतिशील, पेशागत तथा समावेशी समूहको प्यानल बनाएर भाग लिएका छन् ।

वर्तमान बार नेतृत्वले प्रधान न्यायाधीशलाई महाअभियोग लगाइदा मौन समर्थन जनाएको र भ्रष्ट न्यायाधीशलाई कारवाही गर्दा प्रधान न्यायाधीशलाई घेराउ गरेको आरोप वामपन्थी वकिलले लगाएका छन् ।

नेपाल बार एशोसियसन इतिहासकै कमजोर र बद्नाम अवस्थामा पुगेको भन्दै उनीहरुले आसन्न निर्वाचनमा आफ्नो प्यानल जित्नुपर्ने बताए ।

बार स्वतन्त्र न्यायपालिकाको पक्षमा उभिन नसक्नु र न्यायपालिका शुद्धीकरणको समेत बाधक बनेको आरोप निर्वाचन परिचालन समितिका संयोजक रुद्र नेपालले बताए ।

चण्डेश्वर श्रेष्ठको प्यानलमा व्यवसायिक र समावेशी अनुहार रहेको भन्दै प्रचार समितिका सचिव नवराज थपलियाले यसपटक फराकिलो अन्तरमा चुनाव जित्ने दाबी गरे ।

कार्यक्रममा वामपन्थी उम्मेदवारहरुको परिचय समेत गराइएको थियो ।

को को छन् उम्मेदवार ?

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चण्डेश्वर श्रेष्ठको प्यानलबाट प्रदेश उपाध्यक्षमा १ देखि ७ सम्म क्रमशः मानवहादुर रुम्दाली राई, रामचन्द्र सिंह, इश्वरीप्रसाद भट्टराई, सुरेन्द्र थापा मगर, लिलाधर मरासिनी, मीनबहादुर महत र उमेश प्रसाद विष्ट छन् ।

त्यस्तै महिला उपाध्यक्षमा रक्षा बस्याल, महासचिवमा सुरेन्द्रबहादुर थापा र कोषध्यक्षमा रुद्रप्रसाद पोखरेललाई अघि सारिएको छ ।

सदस्यहरुमा खुलातर्फ भीमसेन बन्जारा, गंगासागर खत्री, भुवनप्रसाद निरौला, प्रकाश महर्जन, बालकृष्ण गैरे र खिमानन्द अधिकारी छन् ।

त्यस्तै दलितबाट मोहन साशंकर, मधेसीबाट पञ्चनारायण मण्डल, वीरेन्द्रकुमार ठाकुर आदिवासीतर्फ विनाकुमाी सिंह चौधरी, बद्री नगरकोटी, महिलातर्फ कल्पना भण्डारी र अन्जु कायस्थलाई उम्मेदवार बनाइएको छ ।

नेपाल बार एशोसियनको चुनावमा कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलबाट सुनील पोखरेल अध्यक्षको उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment