Comments Add Comment

जनताको बुइ चढेपछि सरकारी कर्मचारीको जागिर चट्

gov staf
हामीकहाँ गन्यमान्य नेताहरु कहिले खोलो तर्न त कहिले उकालो चढ्न सर्वसाधारणको बुइ चढेका तस्वीर मिडियामा आउने गर्छन् । यस्ता नेताहरुको एक दुइ दिन आलोचना हुन्छ तर नेताहरुले नैतिकता देखाउँदैनन् र जनताको बुइमा चढेकोमा गल्ती गरेको भन्दै माफी पनि माग्दैनन् । आखिर शक्तिशाली नेता न परे, कसले छुन सक्ने ? उता टर्कीमा भने जनताको बुइ चढ्ने एक सरकारी कर्मचारीको जागिर चट् भएको छ ।

हिउँले ढपक्कै ढाकेको बाटोमा आफ्नो जुत्ता भिज्नबाट जोगाउनका लागि स्थानीय मानिसहरुको काँधमा उक्लिएको तस्वीर सार्वजनिक भएपछि ग्रामीण सेवा विभागको प्रमुख रहेका ती कर्मचारीलाई निलम्बन गरिएको हो ।

पूर्वी मनिसा प्रान्तमा हिमपातले गरेको क्षतिको अवलोकन गर्न पुगेका ग्रामीण सेवा विभागका प्रमुख नेदिम जुर्नासीले हिउमा लगाउने खालका जुत्ता नलगाई छालाको जुत्ता लगाएछन् । आफ्ना जुत्ता हिउँमा हिड्नका लागि उपयुक्त नभएका र जुत्ता हिउँमा गाडिने सम्भावना देखेपछि उनलाई दुइजना स्थानीय मानिसले उचालेर डुलाएको हुरियत डेलीले जनाएको छ ।

गाउँको अनुगमनमा गएका सरकारी कर्मचारी हिउँमा हिड्न डराएर गाउँलेको बुइ चढेको तस्वीर टर्कीका मिडियाहरुले प्राथमिकताका साथ प्रकाशित गरेपछि त्यसले सरकारको ध्यान तानियो । प्रान्तीय मेयर सिन्जिग इर्गनले ती कर्मचारीको व्यवहार नगरपालिका सेवाको आचरण, जनसम्बन्ध तथा मूल्य सँग मेल नखाने भन्दै उनलाई निलम्बन गरि अनुसन्धान थालिएको घोषणा गरेका टुडेजमानले उल्लेख गरेको छ ।

सोसल साइटमा समेत जनताको काँध चढ्ने सरकारी कर्मचारीको खुब आलोचना भएको छ । एकजना टि्वटर प्रयोगकर्ताले यसलाई सन् २०१५ को पहिलो लाजमर्दो घटना भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment